Friday, December 4सुदुर मिडिया द्वारा संचालित
Shadow

राजदुतमा सिफारिस खतिवडाकाे बिराेधमा उजुरि

काठमाडौ कार्तिक ३ गते । : नेपाल सरकारले अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूतहरु विरुद्ध संसदीय सुनुवाई समितिमा चारवटा उजुरी परेको छ । समितिले प्रस्तावित राजदूतहरुविरुद्ध परेका उजुरी सोमबार खोलेको हो ।

अमेरिकाका लागि प्रस्तावित राजदूत युवराज खतिवडा र बेलायतका लागि प्रस्तावित राजदूत लोकदर्शन रेग्मीविरुद्ध गम्भीर प्रकृतिका उजुरी परेको संसदीय सुनुवाइ समितिले जानकारी दिएको छ । अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूतविरुद्धका उजुरी संसदीय सुनुवाइ समितिले सोमबार खोलेको हो ।

१० दिनको म्याद दिएर सार्वजनिक उजुरी आह्वान गरेपछि समितिमा दुईजनाविरुद्ध ४ उजुरी परेको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । समितिले १७ गतेका लागि उजुरीकर्ताहरूलाई बोलाउने निर्णय गरिएको र छलफल गरेर थप स्पष्ट हुने उहाले बताउनुभयो ।

दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत निर्मलकुमार विश्वकर्माविरुद्ध भने उजुरी नपरेको बताइएको छ । संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदित भएपछि राष्ट्रपतिले राजदूतहरूको नियुक्ति गर्ने कानुनी व्यवस्था संबिधानमा रहेको छ ।