Politics

फुट्यो एमाले, माधव र बामदेवको छुट्टै दल यस्तो छ दलको नाम?

काठमाडौँ

चैत्र ११

काठमाडौं, नेकपा एमालेका प्रभावशाली नेता बामदेव गौतम छुट्टै दल खोल्ने तयारीमा लागेका छन् ।

एमाले फुट्ने निश्चितप्राय भएपछि उनी कुनैपनि समूहमा नलागी अलग समूह बनाएर बस्ने तयारीमा बसेका हुन् ।

गौतम सकभर फागुन २८ गते अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदम सच्याउन लाग्ने गरी सक्रिय भएका छन् ।

ओलीले कदम सच्याएर पार्टी एक हुनसक्ने उनको बुझाई छ । अध्यक्ष र महासचिवबाहेकका निर्वाचित पदाधिकारी नै खारेज

गर्ने ओलीको कदम नसच्चिए एमाले फुट्ने गौतम पक्षको निष्कर्ष रहेको छ ।

नेकपा एकता अभियानको भेलाले ओलीको कदम नसच्चिए एमाले फुट्ने र त्यतिबेला कस्तो कदम चाल्नेबारे समेत छलफल गरी सुझाव दिएको छ ।

जसमा एक समूहले माधव नेपाल-झलनाथ खनालको समूहमा जोडिन भनेको छ ।

तर, अधिकांशले एकता अभियानलाई यथावत् राखेर छुट्टै ढंगले बढ्न सम्झाएको छ ।

गौतमले पनि कुनै पनि समूहमा नलागी आफ्नो छुट्टै समूहलाई सक्रिय बनाउने तयारी गरेका छन् ।

त्यो अभियानमा सिमित हुने या दलका रुपमा समेत दर्ता हुनसक्ने बुझिएको छ ।

यसैगरी, नेपाल-खनाल समूहले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलामा गौतम समूहका केही नेताहरु पनि पुगेका छन् ।

उनीहरु अवस्थालाई विश्लेषण गरी कदम चाल्ने गरी गौतमलाई सुझाव दिने गरी तयारीमा छन् ।

नेकपा एमाले फुटको नजिक पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले २८ फागुनमा बालुवाटारमा केन्द्रीय कमिटी बैठक राखेर

विधानको बाधा अड्काउ फुकाएर अध्यक्ष र महासचिवबाहेक पदाधिकारी र स्थायी कमिटी खारेज गरेपछि विवाद चर्किएको हो ।

२८ फागुनको निर्णय फिर्ता लिन नेपाल समूहले राखेको प्रस्ताव ओलीले अस्वीकार गरेका छन् ।

उनले ७ फागुनमा केन्द्रीय कमिटी बैठक डाकेका छन् । त्यसमा नेपाल-खनाल समूहका नेताहरु सहभागी नहुने अवस्था देखिएको छ ।

आज नेपाल र खनाल समूहले राष्ट्रिय कार्यकर्ता भेला डाकेको छ । सानेपास्थित पार्टी प्यालेसमा आज र भोलि भेला राखेको हो । यो भेलाप्रति ओली समूह असन्तुष्ट छ ।

ओलीले नेपाल -खनाल समूहका नेताहरुमाथि का’ रबाहीको चेतावनी दिएका छन् । नेपाल समूहका नेता योगेश भट्टराईले कारबाही भोग्न तयार रहेको बताइसकेका छन् ।

एकले अर्कामाथि कारबाहीको चेतावनी दिएपछि एमाले फुटको संघारमा पुगेको छ ।

एमालेभित्र ८औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र स्थायी कमिटीमा नेपाल खनाल समूहको बहुमत थियो । केन्द्रीय कमिटीमा भने ओली झीनो मतले बहुमतमा थिए ।

Related Articles

Back to top button