Friday, November 27सुदुर मिडिया द्वारा संचालित
Shadow

ग्रामिण भेगका गाउघर क्लिनिक सञ्चालनमा नहुदा सस्ति

रुकुम पश्चिम कार्तिक ३ गोपाल सिंह खड्का                    रुकुम पश्चिमकाे सानीभेरी गाउँपालिका १० चिन्तुमा दुई बर्ष अगाडि गाउँघर क्लनिकका लागि स्थानीय पदमबहादुर खड्काले १००० वर्गमिटर जिल्ला मालपाेत कार्यालय रुकुम पश्चिममा गई गाउँ घर क्लनिककाे नाममा जग्गादान गर्नुभएको थियाे ।
स्थानीयले सेवा सुविधा पाउलान् अाैषधी उपचार गरेर प्राथमिक उपचार गर्लान भनेर चिन्तु गाउँघर क्लनिक भवन निर्माण समितिका अध्यक्ष समेत रहेका खड्काकाे भनाइ छ ।उहाँका अनुसार वडाले नत प्राप्त मात्रामा अार्थिक सहयाेग उपलब्ध गराएकाे छ नत दक्ष जनशक्ति नै पठाएकाे छ दुई बर्ष भयाे कसैकाे ध्यान समेत पुगेकाे छैन ,अाफ्नाे जग्गा बिना कामकाे भएको छ मैले निश्वार्थ भावनाका साथ जग्गादान दिए तर सुचारु हुना सकेन् ।दुई काेठे पक्की भवन ३ लाख ८० हजार जिल्ला स्वास्थ्य कार्यालय रुकुम पश्चिमबाट र १ लाख ५० हजार गाउँपालिकाकाे सहयाेग मात्रै भवन निर्माणका लागि प्राप्त भएको छ तर भवन निर्माण गर्दा ६ लाख समेत नाघिसकेको छ ।साविक अर्मा गाविस वडानं.२ र ४ का माथिल्लाे बस्ती सहित साविक सानीभेरी गाउँपालिका ८ माथिल्लाे अाम्डाँडा विप्पे र चाैरजहारी नगरपालिका १४ कुमाख तिमिले लगाएतका झण्डै १६५ घरपरिवार स्थानीयलाई सेवा समेत पुग्ने गरि संस्थापना गर्न खाेजिएकाे गाउँघर क्लनिक निर्माणमा सराेकार पक्षले स्वास्थ्य सम्बन्धि जनताकाे खेलवाड समेत नगरी स्वास्थ्य सेवा दिन जरुरी देखिन्छ ।