Wednesday, November 25सुदुर मिडिया द्वारा संचालित
Shadow

सामुदायिक बन उपभाेक्ताले प्रयाेग गर्न पायनन

मुरली गोडिया,बर्दिया
गुलरिया कार्तिक  वनको दिगो व्यवस्थापनको लागि सामुदायिक अधिकार उद्यमशिलता र सशतm संगठन समृद्धिको आधार भन्ने मुल नाराका साथ सामुदायिक वनका सवालका विषयमा अन्र्तक्रिया कार्यक्रम गरिएको छ । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल बर्दियाको आयोजनामा सामुदायिक वनको सवालमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । सामुदायिक वनमा देखिएको चुनौती तथा गुनासोहरु राखेको थिए । कार्यक्रममा विशेषतः राष्ट्यि प्राथमिकता प्राप्त आयोजना तथा भौतिक निर्माणले सामुदायिक बनमा असर पारेको कार्यक्रममा निष्कर्ष निकालिएको छ । त्यस्तै महिला सशक्तिकरण, आर्थिक लाभ बांडफांड ब्यबहारमा लागु नहुनु, बन ब्यबस्थापन कार्ययोजना समयमा नबन्नु, बन कार्ययोजना अनुसारको बन पैदावार उपभोग गर्न नपाउनु र मानव बन्यजन्तु बिच द्धन्दको सिर्जना हुनु लगायतका समास्या देखिएको ठाकुरबाबा नगापालिका ,बर्दियाका लक्ष्मी प्रसाद खनालले बताउनु भयो ।
वन्यजन्तुको वृद्धि हुन सवैका लागी स्वभाविक भएपनि यस्को व्यवस्थापनमा भने समास्या देखिने गरेको छ । वन्यजन्तुले नागरिकहरुमा धनजनको ठुलो क्षति पु¥यएको छ । बालीनालीको क्षति हुदा समेत नोक्सानी नपाएको नागरिकको गुनासो छ । सामुदायिक बनका उपभोक्तालाई परेको समास्यहरु लिखित रुपमा आएका मुद्धाहरुमा सामुदायिक वन उपभोक्ता महासंघले पहल गरि राखेको अध्यक्ष शर्मा चौधरीले जानकारी दिनु भयो । उपभोक्ताहरुलाई परेको विविध समास्या समाधानका लागी दबाब मुलक तथा समान्वयत्मक तवरबाट समास्या हल गर्न महासंघ लागी परेको चौधरले बताउनु भयो । बर्दियामा ३ सयको संख्यामा रहेको सामुदायिक बन करिब ५४ हजार ८ सय ८१ घरधुरिका ३ लाख भन्दा बढी व्यक्ति लाभान्बीत भएको सामुदायिक बन उपभोक्ता महासंघका केन्द्रिय सदस्य मोहम्मद कर खाँले जानकारी दिनु भयो । सामुदायिक बनहरुले बन वातावरण तथा जैबिक बिभिधताको संरक्षरण, सिक्षा क्षेत्र ,भवन निर्माण क्यम्पस संचालनमा सहयोग गर्ने छात्र बृद्धि ,जेष्ठ नागरिक, असहाय, अशक्त, तथा एकल महिलालाई सहयोग सम्मान लगायतका कार्यक्रम गर्दै आएको बताइएको छ । यसका साथै विकास निर्माण क्षेत्रमा पनि बाटोघाटो, पाटि पौवा ,मठ मन्दिरर निर्माण, बिधुत, मिटर, बायो ग्यांस निर्माण ,बिपन्न बर्गका लागि जिबिको पार्जन आय मुलक, सिपमुलक विभिन्न कार्यक्रमहरु समेत संचालन गर्दै आएको महासंघले जनाएको छ ।