मंगलबार , मंग्सिर २१, २०७८

बालुवाटार पुगेर विप्लवले सोधे बन्दी रि’ हाई कहिले गर्ने? यस्तो कडा आयो प्रधानमन्त्रीको जवाफ

चैत्र ९, २०७७ सोमबार 77

बालुवाटार पुगेर विप्लवले सोधे बन्दी रि’ हाई कहिले गर्ने? यस्तो कडा आयो प्रधानमन्त्रीको जवाफ

काठमाडौँ

चैत्र

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच सोमबार भेटवार्ता भएको छ ।

भेटमा उनले सरकारसँग भएको सहमतिअनुसार आफ्नो पार्टीका नेता कार्यकर्ता रिहा गर्न ढिला भएको बताका विप्लव समूहका नेता उदयबहादुर चलाउनेले बताए ।

विप्लव समूह र सरकारबीच गत फागुन २० पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउने, कारागारमा रहेका विप्लव समूहका नेता र कार्यकर्ता रिहा गर्ने साथै सम्पूर्ण मुद्दा खारेज गर्ने सहमति भएको थियो ।

तर, सहमति भएको आधा महिना हुन लाग्दा पनि आफ्ना कार्यकर्ताहरु रिहा नभएपछि उनी प्रधानमन्त्रीसँग भेट्न बाध्य

भएका हुन् । सोमबारको भेटमा उक्त सहमति कार्यान्वयन नभएको भनि सरकारको ध्यानाकर्षण गराएका हुन् ।

जवाफमा प्रधानमन्त्री ओलीले नेता कार्यकता रिहाइका लागि आफुहरु लागिरहेको, नेता चलाउनेले जानकारी दिए ।

विप्ल्व प्रधानमन्त्रीलाई भेट्न उनकै निवास पुगेका थिए ।