Friday, December 4सुदुर मिडिया द्वारा संचालित
Shadow

अामाले गरिन तिन छाेरा छाेरिकाे हत्~या

 काठमाडौं कार्तिक ३ गते । नेपाली महिलाले अस्ट्रियामा आफ्ना ३ छोराछोरीको ज्यान लिएकी छन् । अस्ट्रियाको भियना निवासी ती ३१ वर्षीया महिलाले शनिबार बिहान ८ महिनाका छोरा, ३ वर्ष र ९ वर्षका दुई छोरीको ज्यान लिएको समाचारमा जनाइएको छ ।

जेठी छोरीलाई जीवितै फेला पारेर अस्पताल लगिए लगत्तै उनको मृ’त्यु भएको बताइएको छ । ती महिला गुल्मी स्थायी घर भई पछिल्लो समय बुटवल बस्ने गरेको र त्यसपछि अस्ट्रिया गएको बताइको छ । ती महिलालाई पक्राउ गरी घटनाबारे अनुसन्धान भइरहेको बताइएको छ ।

३१ वर्षकी ति महिलाको नाम चन्द्रा भट्टराई अर्याल रहेको छ । यस विषयमा भियनास्थित नेपाली दूतावासले स्थानीय प्रहरीसँग सम्पर्कमा रहेको बताएको छ ।उनका पति पनि भियनामै बस्छन्। तर उनीहरूबीच झगडा भएकाले अलग(अलग बस्ने गरेका थिए।छोराछोरीको ह’त्या गरेपछि ति महिलाले आफूलाई पनि च’क्कु प्रहार गरेकी थिइन् । छोराछोरीको ह’त्या गरेपछि ती महिला आफैंले प्रहरीलाई खबर गरेकी थिइन्। उनको अवस्था गम्भीर नभएकाले नियन्त्रणमा लिएको बताइएको छ ।