बिहिबार , अषोज ७, २०७८

केपी ओली बने झनै शक्तिशाली, आज बाट पाए कसैले नपाएको यस्तो ठुलो अधिकार

चैत्र ८, २०७७ आइतबार 17

केपी ओली बने झनै शक्तिशाली, आज बाट पाए कसैले नपाएको यस्तो ठुलो अधिकार

काठमाडौँ

चैत्र

काठमाडौँ– अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बसेको नेकपा एमाले केन्द्रीय कमिटी बैठकले सांसदसमेत रहेका नेता माधव

नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, रामकुमारी झाँक्रीलाई पार्टी हितविरुद्ध काम गरेको, नेतृत्व र पार्टीलाई

खुइल्याउने तथा सरकारको बदनाम गराउन गुटगत भेला गरेको निष्कर्ष निकाल्दै स्पष्टिकरण सोध्ने निर्णय गरेको छ।

 नेकपा एमालेको केन्द्रीय कमिटीद्वारा प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई तीन शक्तिशाली अधिकार प्रदान गरेको छ ।

आज वालुवाटारमा आयोजित केन्द्रीयको बैठकले पार्टीका अध्यक्ष ओलीलाई समानुपातिक सांसद हटाउन सक्ने अधिकार

दिइएको छ । समानुपातिक सांसद हटाउन सक्ने अधिकार दलका नेता ओलीलाई दिइएको हो ।

अध्यक्षलाई अधिकार प्रत्यायोजन शीर्षकमा राखिएको एजेण्डाबारे बैठकले समानुपातिक सांसद हटाउन सक्ने अधिकार पनि ओलीलाई दिएको छ ।

संघीय तथा प्रदेशसभाका समानुपातिक सांसदहरुको बन्दसूचीमा रहेको नाम हटाउने, राख्ने या हेरफेर गर्न सक्ने

अधिकार प्रधानमन्त्रीलाई दिइएको छ बैठकमा सहभागी एक केन्द्रीय सदस्यले भन्नुभयो ।

पार्टीको केन्द्रीय सदस्य वा मातहत कमिटीको सदस्य थप्ने वा हटाउने अधिकार पनि ओलीलाई दिइएको छ ।

ती नेताका अनुसार केन्द्रीय सदस्य र मातहतका नेताहरुलाई बिदाइ, मनोनयन तथा कारबाही गर्ने अधिकार अध्यक्ष ओलीलाई दिइएको छ ।

यसका साथै संवैधानिक निकायहरुमा पार्टीको तर्फबाट लिइने सबै अधिकार पनि ओलीलाई दिइएको छ ।