Friday, November 27सुदुर मिडिया द्वारा संचालित
Shadow

हट्याे एयरफाेन Iphone 12 बाट

बर्दिया यतिबेला नया नया माेवाईल फाेनहरू कम्पनिहरूले सार्वजनिक गरि रहेका छन । त्यसैगरि गत हप्ता मात्र एप्पलले आइफोन १२ को नयाँ सिरिज सार्वजनिक गरेको थियो। जसमा आइफोन १२, आइफोन १२ मिनी, आइफोन १२ प्रो र आइफोन १२ प्रो म्याक्स गरेर चार वटा मोडल समावेश थियो। आइफोन १२ का यी नयाँ मोडलहरु एप्पलको अहिले सम्मकै ठूलो उपलब्धि मानिएको छ भने यसकाे सार्वजनिकिकरण पछि एप्पलले अझ बढि बजार हिस्सामा कब्जा जमाउने उद्वेश्य लियकाे थियाे ।

लो लाइट फोटोग्राफी, सेल्फी क्यामरामा नाइट मोड फिचर र छिटो प्रोसेसर जस्ता नयाँ फिचर आइफोन १२ मा छ। यसमा अन्य थुप्रै फिचर पनि रहेको कम्पनिले जारि गरेकाेछ। एप्पलले हरेक वर्ष आइफोनमा नयाँ परिवर्तन ल्याएर प्रयोगकर्तालाई उत्साहित बनाइरहेको हुन्छ। यो वर्ष भने कम्पनीले आइफोन १२ मोडलबाट एयरफोन हटाएपछि प्रयोगकर्तालाई किन हटायो भन्ने लागिरहेको छ। गत हप्ता मात्र टेक हिन्दुस्तानको अनुसार एप्पलले वातावरणलाई ध्यानमा राखेर एयरफोन हटाएको हो। २०३० सम्म एप्पलले सय प्रतिशत ‘कार्बन नियूटर्ल’ कम्पनी बन्ने लक्ष्य राखेको छ।

आइफोन १२ का बक्सबाट चार्जर र एयरफोन हटाएपछि प्याकेजिङको ७० प्रतिशत काम घट्छ र एकै समयमा थुप्रै उपकरणहरु प्लेनबाट ढुवानी गर्न सकिन्छ। यसरी सामान ढुवानीका लागि धेरै पटक प्लेन प्रयोग गर्नु पर्दैन र प्लेनबाट निस्किने हानिकारक कार्बन कम हुँदै जाने रिर्पोटले बताएको छ।
‘गुड मर्निङ अमेरिका’ सँग भएको एक अन्तर्वातामा एप्पलका आइफोन मार्केटिङ भिपी केयन ड्रेन्सको भनाइ अनुसार आइफोन प्रयोगकर्तासँग पहिले नै चार्जर र एयरफोन हुन्छ। त्यसैले पुराना सामान नै पुन प्रयोग गर्न सकिने भएकाले कम्पनीले हटाएको हो। पुराना आइफोनका चार्जर र एयरफोन प्रयोग पनि भएको हुँदैन,’ केयन ड्रेन्सले भने, ‘त्यसैले नयाँ आइफोनमा फेरि अर्को चार्जर र एयरफोन राख्नु वातावरणको हिसाबले बेठिक थियो। एप्पलले आइफोन १२ को बक्समा यूएसबी–सी केबल र लाइटनिङ केबल भने समावेश गरेको छ। योसँगै प्रयोगकर्ताले छुट्टै वायरलेस चार्जिङ म्याट किन्न सक्छन्।