सांसदहरू भत्ता फिर्ता गर्ने लहर काग्रेस नेताा खाणले गरे भत्ता फिर्ता
काठमाडौं कार्तिक २ गते । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले सरकारले जनप्रतिनिधिका रूपमा आफूलाई उपलब्ध गराएको दसैं भत्ता फिर्ता गरेका छन् । यस अघि नेकपाका संसद जनार्दन शर्माले पनि भत्ता फिर्ता गरेका थिय ।
कोभिड-१९ को बिषम परिस्थितिमा आाम नेपालीले अभाव र पिडा भोगिरहेको बेलामा जनप्रतिनिधिका रूपमा उचित नलागेको सामाजिक सञ्जाल ट्वीटरमा उल्लेख गरेका छन् । ‘अहिलेको बिषम अबस्था र आमनेपालीले भोग्नुपरेको अभाव र पिडालाई ध्यानमा राख्दै जनप्रतिनिधिको रूपमा दशैं भत्ता लिन उचित लागेन । यो रकम संसद सचिवालय मार्फत सरकारलाई फिर्ता गर्दछु। सरकारले जनहितमा उपयोग गरोस्,’ खाणले ट्वीटरमा भनेका छन् ।
यसअघि सत्तारुढ दल नेकपा स्थायी समिति सदस्यद्वय प्रतिनिधिसभामाका सांसदहरू जनार्दन शर्मा र डा. भीम रावलले दसैं भत्ता फिर्ता गर्ने घोषणा गरिसकेका छन् ।
साझा पार्टीकी प्रदेश सभा सदस्य शोभा शाक्यले पनि दसैं भत्ता फिर्ता गरेको घोषणा गरेकी थिइन् ।