महान्यायाधिवक्ता अग्नि खरेलले दिए राजीनामा

काठमाडौँ

चैत्र ६

महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले राजीनामा दिएका छन्।

सरकारका मुख्य कानूनी सल्लाहकारका रुपमा रहेका खरेल प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्याको बहसका क्रममा कमजोर

देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओली उनीसँग असन्तुष्ट रहेका थिए।

खरेलले दिउँसो १ बजे महान्यायाधिवक्ताको कार्यालयमा विशेष पत्रकार सम्मेलनको आयोजना गरेका छन्।

राजीनामाबारे राखेको जिज्ञासामा खरेलले भने १ बजे पत्रकार सम्मेलन छ, त्यहीँ आउनुस् न थाहा हुन्छ।

अनलाइनन्यूज ७ लाई विशेष श्रोतबाट प्राप्त जानकारी अनुसार खरेलको राजीनामा स्वीकृत हुने क्रममा छ।

गायिका मिलन अमात्यको स्वरमा समावेश फुलबुट्टे सारी बोलको गीतले दर्शकको अत्याधिक माया पायो ।

६९ दिनमै ३ करोड भन्दा बढी भ्यूज पाएको यो गीतले हरेक वर्गका दर्शकको माया पाउन सफल भयो ।

यो गीतको मेल, फिमेल र चाइल्ड भर्सन सार्वजनिक भैसकेको छ । अब, यसका निर्माताले लिजेण्डरी भर्सन पनि सार्वजनिक गरेका छन् ।

मार्मिक लामाको स्वर, राजनराज सिवाकोटीको शब्द तथा संगीतमा १२ बर्ष अगाडि यो गीत रेकर्ड भएको थियो ।

लिजेन्डरी भर्सनमा कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र मिथिला शर्मालाई फिचरिङ गरिएको छ ।

भिडियोलाई राजेश पुमा राइले निर्देशन गरेका हुन् । उत्सव दाहालले खिचेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् ।

यो गीतको भिडियो सार्वजनिक कार्यक्रममा कलाकार हरिवंश आचार्य पनि उपस्थित थिए ।

उनलाई कार्यक्रममा सम्मानित गरिएको थियो । संगीतकार सिवाकोटीले अब यो गीतको अर्को भर्सन सार्वजनिक नगर्ने बताए ।

प्रतिक्रिया

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal