माधब-झलनाथ पक्ष देशभर कति बलियो छ? यस्तो छ अबस्था

काठमाडौँ

चैत्र

नेकपा एमाले हाल तीन गुटमा टुक्रा परेको छ।ओलि समूह,माधब -झलनाथ समूह र बामदेब गौतम समूह।

माधब-झलनाथ समुहले भने पार्टी एकता गर्नुभन्दा पहिलैकै कमिटी देशभर ब्युत्याउने निर्णय गरिसकेको छ।

यस अबस्थामा कुन समूह देशभर बलियो छ?नेकपा एमालेमा लगभग ७ लाख पार्टी सदस्य रहेका छन् ।

केपि ओलि समुहमा केन्द्रमा ईश्वर पोखरेल ,गोकुल बास्कोटा,सुर्य थापा,शंकर पोखरेल ,प्रदीप ज्ञवाली लगायत नेताहरू देखिन्छन् ।

माधब-झलनाथ समुहमा केन्द्रमा भने केही गर्लान कि भन्ने आशा राखिएको युवा समूह देखिएको छ।

यसले गर्दा पनि माधब पक्ष पार्टी बिभाजन नै भएपनी केपि ओलिलाई धक्का दिनसक्नेमा ढुक्क देखिन्छ।

गोकर्ण बिष्ट ,घनश्याम भुसाल,रामकुमारी झाक्री ,योगेश भट्टराई,भिम रावल लगायत युवा समूह यहाँ छ।

यसैगरी पुराना कम्युनिस्ट नेताहरु पनि यहि समुहमा देखिन पुगेका छन् ।अष्टलक्ष्मी शाक्य ,प्रदीप नेपाल,मोहनचन्द्र अधिकारी ,राधाकृष्ण मैनाली ,मोदनाथ प्रश्रीत यहि समुहमा छन् ।

देशभर तपाईसंग कति कार्यकर्ता छन् ?भन्ने प्रश्नमा योगेश भट्टराई भन्छन् नेकपामा लगभग ७ लाख पार्टी सदस्य छन् ,त्यो मध्य करिब साढे ३ लाख हाम्रो पक्षमा छन् ।

यदि ओलिलाई कारबाही गर्न नाम लिस्ट चाहिन्छ भने हामी उपलब्ध गराउछौ।बामदेब गौतम पनि केपि ओलिको व्यबहार र कार्यगत तरिकामा असन्तुष्ट हुनुहुन्छ अन्तिममा उहाँ हाम्रै बाटोमा हो।´

भोलि नेकपा एमालेका माधब-झलनाथ समुहलाई ओलि समुहले नै कारबाही गर्यो भने पनि कार्यकर्ताको संख्या आधा-आधा हुने निश्चित छ।

ओलि पक्षका एक नेता भन्छन् ,`उहाँहरु कमजोर हुनुहुन्छ भन्ने हाम्रो आंकलन होईन ।

तर पनि ओलिकै हाराहारीमा कार्यकर्ता छन् भन्ने लाग्दैन,अब जनताको कुरा गर्ने हो भने त्यो अबस्थामा पनि हामीनै माथी हुन्छौ भन्ने लाग्छ ।तर अहिलेको अबस्थामा केपि ओलिको विकल्प छैन ।

माधब पक्षका एक नेताले भने,`हामी देशभर नै ओलि समुहकै हाराहारीमा छौँ ।अझ भोलि प्रधानमन्त्री बाट ओलि हटेको दिन उहाँको देशभरको अबस्था नाजुक बन्छ।

अहिले उहाँ सत्ताको डन्डा चलाइरहनु भएको छ।ओलिकै साथमा रहेका केही साथीहरु भने ओलिले ठिक गरेका छैनन् भन्ने थाहा छ।

उनले भने उहाँ आजकल शंकर पोखरेल ,सुवास नेम्वाङ लगायत कसैको कुरा नै सुन्नुहुदैन।

हामी पनि कम्युनिस्ट आन्दोलन ,पार्टी बचाउनलाई नै त सबै कुरा हेरेर नै समानन्तर कमिटी गठनका लागि लागेका हौँ नि

प्रतिक्रिया

job vacancy

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal