समाचार
महिलालाई करेसाबारि तरकारि तालिम
गुलरिया कार्तिक २ गते । दलित महिला संघकाे अायाेजनामा बर्दिया जिल्लाकाे बढैयाताल गाउपालिका वडा नं ६ मा रहेको रचना महिला समुहका १३ जना सदस्य लाई करेसा बारीमा तरकारी उत्पादन रोग किरा को व्यवस्थापन बारेमा अाईतबार तालिम दिइएको छ । तालिममा महिलाहरूलाई करेसाबारि तरकारि उत्पादन बारेमा जानकारि गराईएकाे थियाे । महिलाहरू घरकाे काम संग सानाे जमिनमा पनि केहि उत्पादन गर्न सकाेन भन्ने उदेश्यका साथ तालिम सञ्चालन गरियकाे दलित महिला संघ बर्दिया कार्यक्रम संयाेजक हिमा सुनारले पालुवा खवरलाई बताउनु भयाे ।तालिममा बढैयाताल गाउपालिकाका कृषि शाखा प्रमुख दिपेन्द्र कुमार श्रिवास्तवले सहजिकरण गर्नु भयकाे थियाे ।