आइतबार , अषोज १०, २०७८

सभामुखले बनाए ७ सदस्यीय अध्यक्ष मण्डल : को-को परे ?

चैत्र ५, २०७७ बिहिबार 62

सभामुखले बनाए ७ सदस्यीय अध्यक्ष मण्डल : को-को परे ?

काठमाडौं।

चैत्र

प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको बैठक सञ्चालनका लागि ७ सदस्यीय अध्यक्ष मण्डल बनाएका छन्।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा सापकोटाले प्रतिनिधिसभा नियमावली २०७५ को नियम १० को उपनियम

(१) बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनयन गरेका हुन्।

विभिन्न राजनीतिक दलका आधारमा मनोनयन गरिएका सदस्यहरूमा नेपाली काँग्रेसबाट डा. डिला संग्रौला पन्त र

मानबहादुर विश्वकर्मा, नेकपा एमालेबाट राधा कुमारी ज्ञवाली, लालबाबु पण्डित र सोमप्रसाद पाण्डे, माओवादी केन्द्रबाट रेखा

शर्मा र जसपाबाट रेणु कुमारी यादव मनोनीत भएका छन्। उनीहरूले सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न पाउनेछन्।

मंगलबारको प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेका दोस्रो संविधानसभा सदस्य दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव

पारित गर्नुका साथै समानुपातिक पदमा रिक्त रहेर सो स्थानमा मनोनीत भएका सांसदहरू बारे जानकारी गराइएको छ।

अर्को बैठक यही चैत ६ गतेका लागि बोलाइएको छ।