शुक्रबार , अषोज ८, २०७८

प्रधानमन्त्री ओलीको यी दुई रणनीति जसले मच्चायो हंगामा

चैत्र ५, २०७७ बिहिबार 26

प्रधानमन्त्री ओलीको यी दुई रणनीति जसले मच्चायो हंगामा

काठमाडौँ

चैत्र

तत्काल पार्टी विभाजन नगर्ने र राजीनामा पनि नदिने निर्णय गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी संसद् अधिवेशन फेस गर्न दुई रणनीति अख्तियार गरेका छन् ।

प्रतिनिधिसभा विघटन गर्दा उनले तर्क गरेका थिए, म ६४ प्रतिशत संसदको समर्थन प्राप्त प्रधानमन्त्री हुँ, मैले राजीनामा दिए संसदबाट फेरि सरकार बन्न अवस्था रहँदैन ।

ओलीका निकटस्थका अनुसार उनको पहिलो रणनीति आफूले गरेको त्यही तर्कलाई पुष्टि गर्नु नै हो ।

ओलीको यो पहिलो रणनीति सफल भएन भने उनले प्रधानमन्त्री बन्न देउवालाई प्रस्ताव गर्ने दोस्रो रणनीति तयार पारेका छन् ।

देउवा प्रधानमन्त्री बन्दा कांग्रेससँगै ओलीतिरका सांसद पनि भोट हाल्छन् ।

संस्थापन पक्षको चेतावनीकोवीच नेकपा एमालेको माधव नेपाल समूहको राष्ट्रिय भेला आजबाट शुरू भएको छ ।

बुधबार र विहिबार गरी दुई दिन सम्म चल्ने उक्त भेलामा नेता माधव कुमार नेपालले अवधारणा पत्र पेश गरेपछि उपस्थित नेता

कार्यकर्तालाई १० समूहमा विभाजन गरेर छलफल सुरु गरिएको छ ।

यस्ता छन् छलफलमा राखिएका ७ बुँदाहरू

१) कार्यक्षेत्रमा हाम्रो पक्ष र अन्य पक्षको संगठनात्मक र प्रभावको स्थिति कस्तो छ?

केपी गुटले सिर्जना गरेका बाधा अवरोध लगायतका क्रियाकलाप कस्ता रहेका छन्?

२) पार्टी कमिटी र जनसंगठन तथा पेशागत संगठनहरुलाई अहिलेको स्थितिमा कसरी अगाडि बढाउन उचित होला?

३) पार्टीभित्र उत्पन्न अन्तरविरोध र समस्याको समाधान कसरी गर्नु उचित होला?

केपी गुटले कारबाहीको नाममा एकपक्षीय गुटगत भेलाबाट गरेका निर्णयहरुलाई कसरी लिने र आगामी दिनमा हुनसक्ने त्यस्ता कामकारबाहीप्रति कस्तो प्रतिक्रिया दिने?

केपी गुटले विभाजनको दिशा लिइरहेको स्थितिमा कसरी अगाडि बढ़ने?

४) वर्तमान राजनीतिक परिस्थितिमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहहरुको सञ्चालनमा हामीले कस्तो भूमिका खेल्ने?

अन्य राजनीतिक दलहरु, विशेषत नेकपा (माओवादी केन्द्र) लगायतका वामपन्थी पार्टी वा समूहहरुसँग एकता र सहकार्यको लागि के गर्नु उचित हुन्छ?

५) नेकपा (एमाले) लाई विधान, विधि र पद्धतिसम्मत किसिमले चलाउँदै यसको एकतालाई कायम राख्न के गर्नु उचित हुन्छ र के गर्नसकिन्छ?

६) पार्टी संगठन, जनसंगठनहरुको सञ्चालन तथा केपी गुटबाट भइरहेका कामकारबाहीहरु तथा तिनको सम्बन्धमा अन्य केही सान्दर्भिक जानकारी र सुझाव भए उल्लेख गर्ने।

७) अन्य राजनीतिक दल र शक्तिहरुका ध्यान दिइनुपर्ने सान्दर्भिक गतिविधिबारे केही भए उल्लेख गर्ने।