प्रधानमन्त्री ओलीलाई डा भट्टराईले मू’ र्ख र अ’ हंकारी भे’ डा भनेपछि…

काठमाडौँ

चैत्र

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीलाई मू’ र्ख र अ’ हंकारी भे’ डाको संज्ञा दिँदै बाटो छाड्न आग्रह गरेका छन् ।

डा. भट्टराईले परिस्थिति बुझेर बेलैमा सत्ता छाड्न समेत ओलीलाई आग्रह गरेका छन्।

अन्यथा भीरबाट लड्ने गाई को अवस्था आउने चेतावनी पनि दिएका छन्।

उनले भनेका छन्द न्त्यकथाका भेडाहरू काठको फड्केमा बाटो छोड्नुसट्टा सिंगौरी खेलेर दुवै मरेका थिए रे डा. भट्टराई

आइतबार राति सामाजिक सञ्जालमार्फत प्रश्न गरेका छन्, नेपाली राजनीतिका मूर्ख र अहंकारी भेडाहरूको नियति त्यस्तै हुन लागेको हो त?

प्रधानमन्त्री ओलीलाई चेतावनी दिँदै उनले अगाडि लेखेका छन्, अझै पनि समय छ, नैतिक र वैधानिक दुवै ढंगले सत्तामा बस्ने

हैसियत गुमाइसकेको ओलीतन्त्रले बाटो छोडोस्, नत्र भीरबाट लड्ने गाईलाई…।

नेकपा माओवादी केन्द्रका अध्यक्ष बुधबार सिन्धुली जानुभएको छ ।

कुनै बोल्ड निर्णय गर्नुपर्ने बेलामा प्राय प्रचण्ड उपत्यका बाहिर जाने गरेको पाइन्छ ।

माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले प्रचण्ड आफ्नो जिल्ला सिन्धुली आएको बताउनुभयो ।

के प्रयोजनका लागि प्रचण्ड सिन्धुली जानुभएको भन्ने प्रश्नमा गजुरेलले भन्नुभयो विल्कुल रिफ्रेसका लागि आउनुभएको हो । बिहीबार हामी सँगै फर्कन्छौ ।

सिन्धुलीबाट फर्के लगत्तै प्रचण्ड नयाँ निर्णय गर्ने आशंका गरिएको छ ।

नयाँ सरकार गठन लगायतका विषयमा दलहरुबीच संवाद चलिरहेका बेला प्रचण्ड एक दिनका लागि सिन्धुली पुग्नुभएको हो ।

माधव नेपाल समूहले छलफल गरिरहेका ७ बुँदामा के छन् ?

संस्थापन पक्षको चेतावनीकोवीच नेकपा एमालेको माधव नेपाल समूहको राष्ट्रिय भेला आजबाट शुरू भएको छ ।

बुधबार र विहिबार गरी दुई दिन सम्म चल्ने उक्त भेलामा नेता माधव कुमार नेपालले अवधारणा पत्र पेश गरेपछि उपस्थित नेता कार्यकर्तालाई १० समूहमा विभाजन गरेर छलफल सुरु गरिएको छ ।

यस्ता छन् छलफलमा राखिएका ७ बुँदाहरू

१) कार्यक्षेत्रमा हाम्रो पक्ष र अन्य पक्षको संगठनात्मक र प्रभावको स्थिति कस्तो छ? केपी गुटले सिर्जना गरेका बाधा अवरोध लगायतका क्रियाकलाप कस्ता रहेका छन्?

२) पार्टी कमिटी र जनसंगठन तथा पेशागत संगठनहरुलाई अहिलेको स्थितिमा कसरी अगाडि बढाउन उचित होला?

३) पार्टीभित्र उत्पन्न अन्तरविरोध र समस्याको समाधान कसरी गर्नु उचित होला? केपी गुटले कारबाहीको नाममा एकपक्षीय

गुटगत भेलाबाट गरेका निर्णयहरुलाई कसरी लिने र आगामी दिनमा हुनसक्ने त्यस्ता कामका’ रबाहीप्रति कस्तो प्रतिक्रिया दिने? केपी गुटले विभाजनको दिशा लिइरहेको स्थितिमा कसरी अगाडि बढ़ने?

४) वर्तमान राजनीतिक परिस्थितिमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहहरुको सञ्चालनमा हामीले कस्तो भूमिका खेल्ने? अन्य राजनीतिक दलहरु, विशेषतः नेकपा (माओवादी केन्द्र) लगायतका वामपन्थी पार्टी वा समूहहरुसँग एकता र सहकार्यको लागि के गर्नु उचित हुन्छ?

५) नेकपा (एमाले) लाई विधान, विधि र पद्धतिसम्मत किसिमले चलाउँदै यसको एकतालाई कायम राख्न के गर्नु उचित हुन्छ र के गर्नसकिन्छ?

६) पार्टी संगठन, जनसंगठनहरुको सञ्चालन तथा केपी गुटबाट भइरहेका कामकारबाहीहरु तथा तिनको सम्बन्धमा अन्य केही सान्दर्भिक जानकारी र सुझाव भए उल्लेख गर्ने।

७) अन्य राजनीतिक दल र शक्तिहरुका ध्यान दिइनुपर्ने सान्दर्भिक गतिविधिबारे केही भए उल्लेख गर्ने।

प्रतिक्रिया

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal