मैले यस्तो ष डयन्त्र रचेर केपी ओलीलाई हटाउन लागेको छु — प्रचण्ड
काठमाडौँ
चैत्र
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जे गरेर भए पनि केपी ओलीलाई हटाउन लागिएको बताएका छन् ।
सिन्धुलीमा भएको एक कार्यक्रममा बिहीबार बिहान उनले यस्तो बताएका हुन् ।
जे गरेर भए पनि केपीलाई हटाउन लागिएको छ दाहालले भने, एकातिर केपी अर्कोतिर हामी भएका छौँ ।
हाम्रो पछि जनता छन् केपीका पछाडि प्रतिक्रियावादी छन् । तत्काल जसरी पनि केपी हटाउने हो ।
हिजो केपीको कदमलाई असंवैधानिक भन्नेहरुबीच एकता गरेर केपी हटाउने हो । काठमाडौं पुग्नेबित्तिकै गर्ने काम त्यही हो ।
यो हुन नदिन ठूला शक्ति लागेका छन् । संसारभरका ठूला शक्ति लागेका छन् । मैले उनीहरुलाई भनेअनुसार गरिनँ ।
मैले संविधान जारी नगर भन्दा मानिनँ त्यही भएर उनीहरुले मलाई रुचाएका छैनन् ।
दाहालले नेकपा एमालेमै रहेका मन्त्रीहरुप्रति आक्रोश व्यक्त गरेका छन् ।
सिध्दिइसकेका व्यक्तिलाई अघि सार्दा आफूले धोका पाएको उनको टिप्पणी थियो ।
केपी ओलीलाई चिन्न गल्ती भयो । फटाहा जाली झेली रहेछन् दाहालले सिन्धुलीमा आयोजित एक कार्यक्रममा बिहीबार बिहान भने केपी ओलीको मनभित्र पस्न सकिएन ।
पार्टीमा पनि फटाहालाई बढी विश्वास भयो । मैले नियतले त होइन तर गर्ने बेलामा अलि बुद्धि पु¥याइनँ ।
सकिइसकेको मान्छेलाई स्थायी समितिमा लगेँ । आत्मसमीक्षा गर्नैपर्ने देखेँ । आएर रोएपछि मन्त्रीमा पठाएँ ।
अहिले महंगो मन्त्रीको रुपमा बिक्री भए । अर्का लालगद्धारलाई लौ गृह मन्त्री खाउ भनेर दिएँ । त्यहाँबाट पनि धोका भयो ।