Saturday, October 24सुदुर मिडिया द्वारा संचालित
Shadow

जिप दुर्घटनामा ६ जना घाईते

रूकुम कार्तिक २ । पश्चिम आठबिसकोट नगरपालिकामा जिप दुर्घटना हुदा ६ जना घाइते भएका छ्न । आठबिसकोट नगरपालिका ठुलीबार्ख बाट राडिबजार तर्फ आउदै गरेको ग १ ज ६०४७ नम्बरको जिप आइतबार बिहान ९ बजेको समयमा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सुचना अधिकारि प्रहरी निरीक्षक हरि बहादुर ओलीका अनुसार आठबिसकोट नगरपालिका वडा न १२ मा दुर्घटना हुदा अन्दाजी १४ बर्षीय शैलेन्द्र नेपाली, सोहि ठाउँका ३४ बर्षीय गगै कामी,निजकाे छोरा बर्ष ६ को सरजन कामी, उनकै छोरी बर्ष ३ कि लक्ष्मी कामी, उक्त ठाउँका बर्ष १४ को राजकुमार कामी ,साेहिका बर्ष १२ को मनिराम नेपाली घाइते भएका हुन ।