योगेश भट्टराईलाई सूर्य थापाको जवाफ , रेलको टिकट क’ टिसके पछी चढाउन पनि केपी ओलि आउनु पर्छ ?

काठमाडौँ

चैत्र

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले योगेश भट्टराइे कारबाही गरेर देखाउन भन्दै दिएको चेतावनीप्रति टिप्पणी गरेका छन् ।

प्राईम टाइम टेलिभिजन मा ऋषि धमला सँग कुरा गर्दै उनले भट्टराईको अभिव्यक्तिप्रति लक्षित गर्दै भने धेरै हुँकार र सिं’ गौरीको केही अर्थ हुन्न ।

पार्टी पार्टीको मर्यादाअनुसार चल्नुपर्छ । विधान परिपाटीअनुसार चल्नुपर्छ ।

छुट्टिन खोजेको, कहीँ जान खोजेको, गन्तव्य तय गरिएको, बाटो तय गरिएको, रेलको टिकट काटिएको हो भने चढे हुन्छ ।

तर, तपाईँहरुलाई अप्ठ्यारो होला नि ? उहाँहरु बाहिरिँदाखेरि ? भनेर पत्रकार धमलाले सोधेको प्रश्नमा थापाले भने होईन, २०५५ सालमा पनि धेरै साथीहरु बाहिरनुभएको थियो ।

आज भन्नुभएकै कतिपय साथीहरु बाहिरिनुभएको थियो । ती साथीहरुको धेरै अनुहार आज मिलिसकेका छन् ।

वामदेव गौतमको एकता अभियान हो कि भ्रम अभियान हो ? उहाँहरुले ०५८ सालमा आईन्दा अब विभाजनकारी काम गर्दैनौं ।

यसो गर्दैनौं । फागुन ३ गते एकतामा सामेल हुनुभाथ्यो । आज फेरि किन्तु, परन्तु भनिकन त्यही गतिविधि अघि बढाईरहनुभएको छ ।

काठमाडौं । संस्थापन पक्षको चेतावनीकोवीच नेकपा एमालेको माधव नेपाल समूहको राष्ट्रिय भेला आजबाट शुरू भएको छ ।

बुधबार र विहिबार गरी दुई दिन सम्म चल्ने उक्त भेलामा नेता माधव कुमार नेपालले अवधारणा पत्र पेश गरेपछि उपस्थित नेता

कार्यकर्तालाई १० समूहमा विभाजन गरेर छलफल सुरु गरिएको छ ।

यस्ता छन् छलफलमा राखिएका ७ बुँदाहरू

१) कार्यक्षेत्रमा हाम्रो पक्ष र अन्य पक्षको संगठनात्मक र प्रभावको स्थिति कस्तो छ?

केपी गुटले सिर्जना गरेका बाधा अवरोध लगायतका क्रियाकलाप कस्ता रहेका छन्?

२) पार्टी कमिटी र जनसंगठन तथा पेशागत संगठनहरुलाई अहिलेको स्थितिमा कसरी अगाडि बढाउन उचित होला?

३) पार्टीभित्र उत्पन्न अन्तरविरोध र समस्याको समाधान कसरी गर्नु उचित होला?

केपी गुटले कारबाहीको नाममा एकपक्षीय गुटगत भेलाबाट गरेका निर्णयहरुलाई कसरी लिने र आगामी दिनमा हुनसक्ने त्यस्ता कामकारबाहीप्रति कस्तो प्रतिक्रिया दिने?

केपी गुटले विभाजनको दिशा लिइरहेको स्थितिमा कसरी अगाडि बढ़ने?

४) वर्तमान राजनीतिक परिस्थितिमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहहरुको सञ्चालनमा हामीले कस्तो भूमिका खेल्ने?

अन्य राजनीतिक दलहरु, विशेषत नेकपा (माओवादी केन्द्र) लगायतका वामपन्थी पार्टी वा समूहहरुसँग एकता र सहकार्यको लागि के गर्नु उचित हुन्छ?

५) नेकपा (एमाले) लाई विधान, विधि र पद्धतिसम्मत किसिमले चलाउँदै यसको एकतालाई कायम राख्न के गर्नु उचित हुन्छ र के गर्नसकिन्छ?

६) पार्टी संगठन, जनसंगठनहरुको सञ्चालन तथा केपी गुटबाट भइरहेका कामकारबाहीहरु तथा तिनको सम्बन्धमा अन्य केही सान्दर्भिक जानकारी र सुझाव भए उल्लेख गर्ने।

७) अन्य राजनीतिक दल र शक्तिहरुका ध्यान दिइनुपर्ने सान्दर्भिक गतिविधिबारे केही भए उल्लेख गर्ने।

प्रतिक्रिया

सम्बन्धित समाचार

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal