बिहिबार , अषोज ७, २०७८

प्रचण्ड किन गए सिन्धुली ? यस्तो छ आन्तरिक रहस्य

चैत्र ४, २०७७ बुधबार 20

प्रचण्ड किन गए सिन्धुली ? यस्तो छ आन्तरिक रहस्य

काठमाडौँ

चैत्र ४

नेकपा माओवादी केन्द्रका अध्यक्ष बुधबार सिन्धुली जानुभएको छ ।

कुनै बोल्ड निर्णय गर्नुपर्ने बेलामा प्राय प्रचण्ड उपत्यका बाहिर जाने गरेको पाइन्छ ।

माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले प्रचण्ड आफ्नो जिल्ला सिन्धुली आएको बताउनुभयो ।

के प्रयोजनका लागि प्रचण्ड सिन्धुली जानुभएको भन्ने प्रश्नमा गजुरेलले भन्नुभयो विल्कुल रिफ्रेसका लागि आउनुभएको हो । बिहीबार हामी सँगै फर्कन्छौ ।

सिन्धुलीबाट फर्के लगत्तै प्रचण्ड नयाँ निर्णय गर्ने आशंका गरिएको छ ।

नयाँ सरकार गठन लगायतका विषयमा दलहरुबीच संवाद चलिरहेका बेला प्रचण्ड एक दिनका लागि सिन्धुली पुग्नुभएको हो ।

माधव नेपाल समूहले छलफल गरिरहेका ७ बुँदामा के छन् ?

संस्थापन पक्षको चेतावनीकोवीच नेकपा एमालेको माधव नेपाल समूहको राष्ट्रिय भेला आजबाट शुरू भएको छ ।

बुधबार र विहिबार गरी दुई दिन सम्म चल्ने उक्त भेलामा नेता माधव कुमार नेपालले अवधारणा पत्र पेश गरेपछि उपस्थित नेता कार्यकर्तालाई १० समूहमा विभाजन गरेर छलफल सुरु गरिएको छ ।

यस्ता छन् छलफलमा राखिएका ७ बुँदाहरू

१) कार्यक्षेत्रमा हाम्रो पक्ष र अन्य पक्षको संगठनात्मक र प्रभावको स्थिति कस्तो छ? केपी गुटले सिर्जना गरेका बाधा अवरोध लगायतका क्रियाकलाप कस्ता रहेका छन्?

२) पार्टी कमिटी र जनसंगठन तथा पेशागत संगठनहरुलाई अहिलेको स्थितिमा कसरी अगाडि बढाउन उचित होला?

३) पार्टीभित्र उत्पन्न अन्तरविरोध र समस्याको समाधान कसरी गर्नु उचित होला? केपी गुटले कारबाहीको नाममा एकपक्षीय

गुटगत भेलाबाट गरेका निर्णयहरुलाई कसरी लिने र आगामी दिनमा हुनसक्ने त्यस्ता कामका’ रबाहीप्रति कस्तो प्रतिक्रिया दिने? केपी गुटले विभाजनको दिशा लिइरहेको स्थितिमा कसरी अगाडि बढ़ने?

४) वर्तमान राजनीतिक परिस्थितिमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहहरुको सञ्चालनमा हामीले कस्तो भूमिका खेल्ने? अन्य राजनीतिक दलहरु, विशेषतः नेकपा (माओवादी केन्द्र) लगायतका वामपन्थी पार्टी वा समूहहरुसँग एकता र सहकार्यको लागि के गर्नु उचित हुन्छ?

५) नेकपा (एमाले) लाई विधान, विधि र पद्धतिसम्मत किसिमले चलाउँदै यसको एकतालाई कायम राख्न के गर्नु उचित हुन्छ र के गर्नसकिन्छ?

६) पार्टी संगठन, जनसंगठनहरुको सञ्चालन तथा केपी गुटबाट भइरहेका कामकारबाहीहरु तथा तिनको सम्बन्धमा अन्य केही सान्दर्भिक जानकारी र सुझाव भए उल्लेख गर्ने।

७) अन्य राजनीतिक दल र शक्तिहरुका ध्यान दिइनुपर्ने सान्दर्भिक गतिविधिबारे केही भए उल्लेख गर्ने।