Politics

एमालेबाट बाहिरिदै माधवसमूह, नयाँ पार्टी गठन र प्रचण्डसँग एकता गर्ने ? (यस्तो छ पार्टीको नाम)

काठमाडौँ

चैत्र

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल पक्षलाई पाखा लगाएर नै पुनस्थापित नेकपा एमाले

चलाउने तयारी गरेपछि संसदको सबैभन्दा ठूलो यो पार्टी विभाजित हुने अवस्थामा पुगेको छ ।

अध्यक्ष ओलीले आफ्नो समूहका केही नेताहरूसँग माधव नेपालबाहेक नै एमालेलाई अगाडि बढाउने योजना सुनाएका छन्

भने नेपाल पक्षले पनि एमालेको समानान्तर संरचना तयार गर्दै नयाँ पार्टी स्थापना गर्ने योजना बनाएको छ।

प्रधानमन्त्री ओली निकट एक नेताका अनुसार अब सरकार नरहने विश्लेषण गर्दै ओली पक्ष माधव नेपाल पक्षलाई एमालेमा

नभित्र्याउने बरु अझै निर्मम तरिकाले कारबाही प्रक्रिया चलाउने निष्कर्षमा पुगेको हो। अब सरकार रहँदैन भन्ने निष्कर्षमा

प्रधानमन्त्री पुगेकोजस्तो देखिन्छ, त्यसपछि नै माधव नेपाल बिना नै एमालेलाई अगाडि बढाउने तयारी उहाँले गर्नु भएको छ’, ती नेताले भने।

गत शुक्रबार माधव नेपाल पक्षलाई नबोलाई प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरिएको ओली पक्षको भेलाले

पूर्वमाओवादीबाट एमालेमा समाहित भएका रामबहादुर थापासहित २३ जनालाई केन्द्रीय सदस्यमा नियुक्त गरि माधव नेपाल पक्षका नेताहरूको जिम्मेवारी समेत खोसेपछि विवाद चर्किएको हो।

नेपाल पक्षले शुक्रबार गरिएको निर्णय फिर्ता लिएर वाम गठबन्धनको सरकारलाई निरन्तरता दिनुपर्ने र पार्टीका सबै बैठक पार्टी कार्यालयमा हुनु पर्ने शर्त राखेको छ ।

चैत ७ गते प्रधानमन्त्री निवास बालुवाटारमा राखेको केन्द्रीय कमिटी बैठकमा नेपाल पक्ष सहभागी नहुने छनक पाएपछि

ओलीले स्थिति सामान्य तुल्याउन ३ गते बालुवाटारमै चियापान आयोजना गरेका छन्।

माधव नेपाल पक्षलाई एमालेबाट अलग गर्ने ओलीको एकलौटी निर्णयप्रति उनी निकट नेताहरू समेत सन्तुष्ट छैनन्।

ओलीले बालुवाटारमा त्यस्तो निर्णय गरेलगत्तै शुक्रबार नै माधव नेपाल पक्षका स्थायी समिति सदस्यहरूको भेलाले राष्ट्रिय भेला बोलाउने निर्णय गरेको छ।

माधव नेपाल पक्षलाई एमालेबाट अलग गर्ने ओलीको एकलौटी निर्णयप्रति उनी निकट नेताहरू समेत सन्तुष्ट छैनन्।

ओलीले बालुवाटारमा त्यस्तो निर्णय गरेलगत्तै शुक्रबार नै माधव नेपाल पक्षका स्थायी समिति सदस्यहरूको भेलाले राष्ट्रिय भेला बोलाउने निर्णय गरेको छ।

Related Articles

Back to top button