Saturday, October 24सुदुर मिडिया द्वारा संचालित
Shadow

बर्दियाका ४२ बर्षिया काेराेना सं’क्र’मि’त पुरूषकाे मृ’त्यु

बर्दिया कार्तिक २ । बाकेकाे भेरी अस्पताल नेपालगन्जमा कोरोना भाइरस संक्रमित एकजनाको मृत्यु भएको छ । बर्दिया ठाकुरबाबा नगरपालिका–६ का ४२ बर्षीय पुरुषको उपचारका क्रममा आइतवार विहान ३ बजेतिर मृत्यु भएको अस्पतालले जनाएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि उनले असोज १५ गते नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा स्वाव दिएका थिए । १६ गते रिपोर्ट पोजेटिभ आएको थियो । उनलाई त्यसैदिन कोभिड वार्डमा राखेर उपचार सुरु गरिएको थियो । डेंगुको संक्रमण समेत रहेका ती पुरुषको ११ दिन कोहलपुरमै उपचार गरिएको थियो ।

भेन्टिलेटर सहितको थप उपचारका लागि उनलाई २७ गते भेरी अस्पताल नेपालगन्ज ल्याइएको थियो । उनलाई पलाज्मा थेरापीबाट समेत उपचार गरिएको थियो । योसँगै बाँकेमा बाहिरी जिल्लाबाट आएर उपचारका क्रममा मृत्यु हुनेको संख्या १४ पुगेको छ ।