सोमबार , कार्तिक १, २०७८

राष्ट्रपतिले डाकेको सर्वदलीय बैठकमा यी महत्वपूर्ण विषयमा भयो छलफल ओलि त’ नावमा

चैत्र ३, २०७७ मंगलबार 18

राष्ट्रपतिले डाकेको सर्वदलीय बैठकमा यी महत्वपूर्ण विषयमा भयो छलफल ओलि त’ नावमा

काठमाडौं

चैत्र ३

सरकार परिवर्तनलाई लिएर राजनीतिक दलहरूबीच दौडधुप जारी रहेकै वेला राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार

बोलाएको सर्वदलीय बैठकमा बंगलादेशमा हुने भ्रमणको बिषयमा मात्रै छलफल भएको छ ।

बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा दलका नेताहरुले राष्ट्रपतिको बंगलादेश भ्रमणमा मात्रै छलफल सीमित भएको बताए ।

बैठकमा देशको समसामयिक बिषयमा पनि केही नेताहरुले कुरा उठाएका बताइएको छ ।

राष्ट्रपति भण्डारीले यही चैत ९ र १० गते छिमेकी मित्रराष्ट्र बंगलादेशको राजकीय भ्रमण गर्ने कार्यक्रम तय भएको छ।

बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा भण्डारीको दुई दिवसीय भ्रमण तय भएको हो।

बैठकमा संसदमा रहेका सबै दल र पूर्व प्रधानमन्त्रीहरूलाई बोलाइएपनि पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल,झलनाथ खनाल र बाबुराम भट्टराइको भने उपस्थिती रहेको थिएन ।

हाल संसदमा एमाले, कांग्रेस, नेकपा माओवादी केन्द्र,जनता समाजवादी पार्टी, राप्रपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चा रहेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गत ५ पुसमा प्रतिनिधिसभा विघटनलाई सदर गरेपछि राष्ट्रपति भण्डारीको व्यापक आलोचना भएको थियो ।

उक्त विघटनलाई असंवैधानिक भन्दै सर्वोच्च अदालतले निर्णयलाई बदर गरेर संसद् पुनस्र्थापना गरेपछि ओली सरकार संकटमा परिरहेका वेला राष्ट्रपतिले सर्वदलीय बैठक बोलाएकी हुन् ।