सोमबार , मंग्सिर १३, २०७८

मलाई साथ दिनुस् भनेका केपी ओ‌ली वामदेवको यस्तो जवाफ सुनेर परे चकित्

चैत्र ३, २०७७ मंगलबार 170

मलाई साथ दिनुस् भनेका केपी ओ‌ली वामदेवको यस्तो जवाफ सुनेर परे चकित्

काठमाडौँ

चैत्र

नेकपा एमालेमा देखिएको गुटगत विभाजनका बिच प्रधानमन्त्री केपी शर्मा ओलीले तटस्थ बसेका नेता बामदेव गौतमलाइ आफुलाई साथ दिन आग्रह गरेका छन् ।

सोमवार पार्टी एक गराउनुपर्ने प्रस्ताव लिएर गएका प्रधानमन्त्री ओलीले गौतमसंग आफुलाई साथ दिन आग्रह गरेका थिए ।

उनले ओली पछि नेता माधवकुमार नेपालसंग पनि पार्टी एकताको पक्षमा लाग्न आग्रह गरेका थिए ।

तर दुवै नेताले उनको आग्रह नमानेको बताइएको छ । ओलीले गौतमलाई आफूलाई साथ दिन आग्रह गरेको गौतमले सुनाएका

छन् । मैले मेरा सुझाव माने आउँछु नभए एकता अभियान चलाउँछु भनेँ गौतमले भने सबै राजनीतिक शक्ति एक ठाँउमा ल्याउन सफल हुनेछु।

उनले फागुन २८ गते एकलौटी रुपमा गरेको निर्णय फिर्ता लिन ओलीलाई सुझाव दिएको बताए ।

आफुलाई साथ दिन आग्रह गर्दा उनले २८ गतेको निर्णय फिर्ता लिए ओली तिर आउने बताएका थिए ।

तर अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालसँग भेटेर पार्टी एकतावद्ध बनाउन प्रयास गरे पनि असफल भएको ब्रिफिङ गरेका छन्।

एकताको निम्ति काम गर्ने हामी बाहेको कोही थिएन वामदेव गौतमले एकता राष्ट्रिय अभियानको कार्यसम्पादन समितिको

बैठकमा भने संसारका अगाडि अंकमाल गरेर एकतावद्ध भएको देखाउने आशा थियो। तर, त्यसो हुन सकेन ।