सोमबार , अषोज ११, २०७८

राष्ट्रपतिको निम्ता मान्न नेपाल र खनाल नजाने, नजाने भनेका प्र’ चण्ड किन भए जान राजी ? यस्तो छ कारण?

चैत्र ३, २०७७ मंगलबार 31

राष्ट्रपतिको निम्ता मान्न नेपाल र खनाल नजाने, नजाने भनेका प्र’ चण्ड किन भए जान राजी ? यस्तो छ कारण?

काठमाडौँ

चैत्र २

राष्ट्रपति विद्यादेवी भण्डारीले अहिले ४ बजेका  लागि बोलाएको सर्वदलीय बैठकमा पूर्वप्रधानमन्त्री द्वय झलनाथ खनाल र माधवकुमार नेपाल नजाने भएका छन्।

राष्ट्रपति भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुखहरु, पूर्वप्रधानमन्त्रीहरु समेतलाई सर्वदलीय बैठकमा बोलाएकी छन् ।

नेकपा एमालेका नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालले चैत ४ र ५ गते आफूपक्षीय अगुवा कार्यकर्ता भेला आयोजना गर्ने भएकाले त्यसकै तयारीमा व्यस्त भएर सर्वदलीय बैठकमा सहभागी हुन नसक्ने जनाएका छन् ।

‘चैत ४ र ५ गतेका लागि राष्ट्रिय कार्यकर्ता भेला बोलाइएको छ, त्यसमा केन्द्रीय कमिटीका तर्फबाट अवधारणा पत्र पेश गर्नुपर्ने हुन्छ

नेपाल निकट केन्द्रीय सदस्य विष्णु रिजालले भने त्यसको तयारी गर्नुपर्ने भएकाले माधव नेपाल सर्वदलीय बैठकमा सहभागी हुनुहुन्न ।

अर्का नेता झलनाथ खनाल पनि अगुवा कार्यकर्ता भेलाको तयारीमा जुट्नुपर्ने भएकाले सर्वदलीय बैठकमा नजाने बताए ।

यस अघि प्रचण्ड नजाने भने पनि अन्तिममा जाने भएको श्रोतले बतायो।

यता, नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल भने जाने भएका छन् ।

नेकपा माओवादीका प्रवक्ता नारायणकाजी श्रेष्ठले आफू र अध्यक्ष प्रचण्ड बैठकमा सहभागी हुने बताए ।

जसपा नेपाल पनि उक्त बैठकमा सहभागी हुने भएको छ ।