सोमबार , कार्तिक ८, २०७८

प्रधानमन्त्री ओली अब सा’ धारण स’ दस्य पनि र’ हेनन्

चैत्र ३, २०७७ मंगलबार 40

प्रधानमन्त्री ओली अब सा’ धारण स’ दस्य पनि र’ हेनन्

काठमाडौँ

चैत्र

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद्लाई सरकारले कामकाजी बनाउन खोजेको तर वि’ पक्षीबाट नि’ ष्प्रभावी बनाउने प्रयास भएको तर्क गरेका छन् ।

आफ्नो निवास बालुवाटारमा चियापानका लागि भेला भएका नेकपा एमालेका सांसद तथा केन्द्रीय सदस्यहरुलाई सम्बोधन

गर्दै उनले भने हामीले त संसद्लाई कामकाजी बनाउन खोजेका हौं, तर नि’ ष्प्रभावी बनाउने प्रयास भयो । संसदलाई देशको चिन्ता गर्ने थलो बनाउँ, स्वार्थको खि’ चातानीको थलो नबनाउँ ।

सर्वोच्च अदालतबाट एमाले पुनर्स्थापित हुनुअघि नेकपाको दाहाल–नेपाल समूहले आफूलाई पार्टीबाट निकालेको स्मरण

गर्दै उनले भने बाटोबाटै निर्णयहरु भए, आदेश, फरमानहरु जारी भए । म त कति विचरा साधारण सदस्यबाट समेत नि’ ष्कासित । तपाईंहरु त सदस्य त हुनुहुन्छ होला नि ?

एमालेको माधव नेपाल–झलनाथ खनाल पक्षले राष्ट्रिय भेला बोलाएको सन्दर्भ उल्लेख गर्दै उनले कुनै पनि गुटगत भेलामा नजान नेता–कार्यकर्तालाई निर्देशन र चेतावनी पनि दिए।

त्यस्ता गतिविधिमा संलग्न हुनेलाई संविधान, कानुन र पार्टीको विधानबमोजिम कारबाही गर्ने चेतावनी उनले दिएका छन् । अब एमालेमा जंगली राज र भाँडभैलो स्वीकार्य नहुने उनको भनाइ थियो ।

ओलीले भने कोही अनुशासनहीन भएमा देशको कानुन, संविधान, पार्टीको विधान, संसदको नियमावली, राजनीतिक दल सम्बन्धी ऐन छ ।

यी सबै कुरातिर म ध्यानाकर्षण गराउन चाहन्छु । गुटगत भेलामा सरिक नहुन सबै नेता–कार्यकर्तालाई सचेत गराउँछु ।

ओलीले आज पार्टीका केन्द्रीय सदस्य तथा सांसदहरूलाई चियापानका लागि बालुवाटारमा बोलाएका थिए ।

फागुन २३ गते सर्वोच्च अदालतले पार्टी पूर्ववत् रुपमा नै फर्काइदिएपछि ओलीले चियापान आयोजना गरेका हुन् ।

ओलीले चैत ७ गते केन्द्रीय कमिटी बैठक पनि बोलाएका छन् । केन्द्रीय कमिटी बैठकमा पनि नजाने निर्णय असन्तुष्ट समूहले गरेको छ ।

सर्वोच्च अदालतको फैसलापछि पहिलोपटक हिजो सोमबार पार्टी कार्यालय धुम्बाराहीमा नेताहरूबीच वार्ता भएको थियो । तर, सहमति भने हुन सकेन ।

एमालेको माधव–झलनाथ पक्षले भोलि र पर्सि राष्ट्रिय कार्यकर्ता भेलाको आयोजना गरेको छ ।

यस्तै पार्टी एकता अभियान चलाइरहेका उपाध्यक्ष वामदेव गौतमले पनि आफू निकट नेता कार्यकर्ताको भेला आयोजना गरेका छन् ।