शुक्रबार , अषोज ८, २०७८

प्रचण्ड बने द’ लको नेता, प्र’ मुख सचेतकमा देव गुरुङ

चैत्र ३, २०७७ मंगलबार 25

प्रचण्ड बने द’ लको नेता, प्र’ मुख सचेतकमा देव गुरुङ

काठमाडाैँ ।

चैत्र

नेकपा माओवादी केन्द्रबाट संदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन् ।

आज बसेको माओवादी संसदीय दलको बैठकले दलको नेतामा प्रचण्ड र प्रमुख सचेतकमा देव गुरुङलाई चयन गरेको हो ।

राष्ट्रिय सभा संसदीय दलको दलमा दिनानाथ शर्मा चयन भएका छन् ।

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद्लाई सरकारले कामकाजी बनाउन खोजेको तर विपक्षीबाट निष्प्रभावी बनाउने प्रयास भएको तर्क गरेका छन् ।

आफ्नो निवास बालुवाटारमा चियापानका लागि भेला भएका नेकपा एमालेका सांसद तथा केन्द्रीय सदस्यहरुलाई सम्बोधन

गर्दै उनले भने हामीले त संसद्लाई कामकाजी बनाउन खोजेका हौं, तर निष्प्रभावी बनाउने प्रयास भयो । संसदलाई देशको चिन्ता गर्ने थलो बनाउँ, स्वार्थको खिचातानीको थलो नबनाउँ ।

सर्वोच्च अदालतबाट एमाले पुनर्स्थापित हुनुअघि नेकपाको दाहाल–नेपाल समूहले आफूलाई पार्टीबाट निकालेको स्मरण

गर्दै उनले भने बाटोबाटै निर्णयहरु भए, आदेश, फरमानहरु जारी भए । म त कति विचरा ! साधारण सदस्यबाट समेत निष्कासित । तपाईंहरु त सदस्य त हुनुहुन्छ होला नि ?

एमालेको माधव नेपाल–झलनाथ खनाल पक्षले राष्ट्रिय भेला बोलाएको सन्दर्भ उल्लेख गर्दै उनले कुनै पनि गुटगत भेलामा नजान नेता–कार्यकर्तालाई निर्देशन र चेतावनी पनि दिए।

त्यस्ता गतिविधिमा संलग्न हुनेलाई संविधान, कानुन र पार्टीको विधानबमोजिम कारबाही गर्ने चेतावनी उनले दिएका छन् । अब एमालेमा जंगली राज र भाँडभैलो स्वीकार्य नहुने उनको भनाइ थियो ।

ओलीले भने कोही अनुशासनहीन भएमा देशको कानुन, संविधान, पार्टीको विधान, संसदको नियमावली, राजनीतिक दल सम्बन्धी ऐन छ ।

यी सबै कुरातिर म ध्यानाकर्षण गराउन चाहन्छु । गुटगत भेलामा सरिक नहुन सबै नेता–कार्यकर्तालाई सचेत गराउँछु ।

ओलीले आज पार्टीका केन्द्रीय सदस्य तथा सांसदहरूलाई चियापानका लागि बालुवाटारमा बोलाएका थिए ।

फागुन २३ गते सर्वोच्च अदालतले पार्टी पूर्ववत् रुपमा नै फर्काइदिएपछि ओलीले चियापान आयोजना गरेका हुन् ।

ओलीले चैत ७ गते केन्द्रीय कमिटी बैठक पनि बोलाएका छन् । केन्द्रीय कमिटी बैठकमा पनि नजाने निर्णय असन्तुष्ट समूहले गरेको छ ।

सर्वोच्च अदालतको फैसलापछि पहिलोपटक हिजो सोमबार पार्टी कार्यालय धुम्बाराहीमा नेताहरूबीच वार्ता भएको थियो । तर, सहमति भने हुन सकेन ।

एमालेको माधव–झलनाथ पक्षले भोलि र पर्सि राष्ट्रिय कार्यकर्ता भेलाको आयोजना गरेको छ ।

यस्तै पार्टी एकता अभियान चलाइरहेका उपाध्यक्ष वामदेव गौतमले पनि आफू निकट नेता कार्यकर्ताको भेला आयोजना गरेका छन् ।