Friday, October 30सुदुर मिडिया द्वारा संचालित
Shadow

युवाहरू बिचकाे झडपले रूकुममा त’ना’व

रूकुम कार्तिक २ गते । पश्चिमको आठबिसकाेट नगरपालिका स्थित राडि बजारमा नेकपा समर्थित युवाहरु र नेपाली काँग्रेस समर्थित युवाहरु विच झडप हुदा एक जना गम्भीर घाइते भएका छन ।झडपमा परि साेहि नगरपालिकाका युवा लक्ष्मण बाेहरा गम्भीर घाइते भएका हुन ।उनको स्थानीय अस्पतालमा उपचार भैरहेको छ ।टाउकोमा गहिरो चाेट लागेका उनीमाथि आंक्रमण सँगै केही समय राडिबजार तनावपूर्ण बनेको थियो । आक्रमण,मा उत्रेका युवाहरूले बजारका केही हाेटलहरुमा समेत ताेडफाेड गरेको स्थानीयबासीहरुकाे भनाइ छ ।

उक्त घटनामा संलग्न केहीलाई प्रहरीले पक्राउ गरेको छ भने अन्यको खाेजि गर्दै घटनाको अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।घटना आकस्मिक घटेकाले घटनामा संलग्नहरुकाे व्यापक खाेजि भैरहेको प्रहरीको भनाइ छ । गत बिहीबार साँझ बाट सुरु भएको झडपले शनिबार साँझ सम्म उग्र रुप लिएको हाे ।दुबै पक्षले एक अर्कालाई दाेष लगाउदै आमन्नेसामान्ने हुदा अवस्था झड”पमा परिणत भएको स्राेतले बतायो ।बिहिवार एकजना नेकपा समर्थित युवालाई काँग्रेस निकट युवाहरूले कुट,पिट गरेपछि झगडा बढदै गएको नेकपाका स्थानीय एक ब्यक्तिले जानकारी दिए ।कतिबेला काँग्रेसकाले निहु खाेज्छन ,कतिबेला नेकपाले निहु खाेज्छन त्यहि कारणले यस्तो भएको हाे उनलेे भने ।

उता नेपाली काँग्रेसका नगर सभापति कमल शाहका अनुसार अस्तिकाे झगडा राजनीतिक थिएन ,त्यसको बिषयमा आइतबार छलफल हुदै थियो तर लक्ष्मण बाेहरालाई एक्कासि आक्रमण भयो । सभापति शाहले भने लक्ष्मण माथिकाे आक्रम,ण कुनै झडप नभई सुतेको अवस्था तानेर ज्यान मार्ने उदेश्यले कु,टपिट भएको हाे ।उनका अनुसार केही दिन देखि आठबिसकाेट नगरपालिकामा तनाव सृजना भएको छ।