बिहिबार , अषोज ७, २०७८

अन्ततः ३ महिना पछि ओली, नेपाल र झलनाथको भेट यस्तो आयो निष्कर्ष?

चैत्र २, २०७७ सोमबार 24

अन्ततः ३ महिना पछि ओली, नेपाल र झलनाथको भेट यस्तो आयो निष्कर्ष?

काठमाडौँ

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षका नेताहरू वार्ताका लागि पार्टी कार्यालय धुम्बाराही पुगेका छन्।

ओली र नेपाल पक्षबीच हुन लागेको वार्तामा नेपाल समूहबाट उनीसहित नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, घनश्याम भुषाल र गोकर्ण बिष्ट आइपुगेका छन्।

ओली समूहबाट अर्थमन्त्री बिष्णु पौडेल र परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली धुम्बाराही पुगेका छन्।

नेकपा एमालेको दुवै समूहका नेताहरु धुम्बाराहीस्थित एमाले पार्टी कार्यालयमा प्रवेश गरेको छ ।

तीन महिनायता पहिलोपटक माधव नेपाल लगायतका नेताहरुले धुम्बाराही कार्यालयमा पाइला टेकेका हुन् ।

धुम्बाराहीमा नेताहरू आउने क्रम शुरू भएको छ । माधव नेपाल, सुवास नेम्वाङ, भीम रावललगायतका नेता आइपुगेका छन् । पार्टी कार्यालय वरपर सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ ।

ओलीले नेता नेपाललाई छलफलका लागि प्रधानमन्त्री निवास बालुवाटार बोलाएका थिए ।

तर नेपालले एक्लै भेट्न अस्वीकार गरि आफू पक्षका नेताहरुसहित पार्टी कार्यालय धुम्बाराही जाने भएका हुन् । ओली पनि सो वार्ताका लागि आफू पक्षीय नेताहरुसहित आउने भएका छन् ।

यसअघि ओलीले नेपाललाई बालुवाटारमै भेट्न बोलाएका थिए । तर नेपालले पार्टी कार्यालयमा समूहगत रुपमा छलफल गर्ने भनेपछि ओली धुम्बाराही जान राजी भएका हुन् ।

सोमबार बिहान ओलीले बालुवाटारमा एमाले नेताहरुका लागि चियापानका कार्यक्रमको तयारी गरेका थिए । चियापानपूर्व नेताहरुबीच भेटवार्ता हुन लागेको हो ।

सर्वोच्चको फैसलाले एमाले व्युँतिएपनि ओलीले पार्टीका बहुमत सदस्यविनै बालुवाटारमा बैठक राखेर नेपाल पक्षका नेताहरुको जिम्मेवारी खोसेर अन्यलाई दिएका छन् ।

त्यसको विरोधमा नेपाल पक्षले समानान्तर प्रदेश तथा विभागीय कमिटी गठन गरेका छन् ।

नेता नेपाल पक्षले ओलीले विधानविपरित गरेका यस्ता कार्य खारेज गर्नुपर्ने भन्दै ओलीले बोलाएको चैत ७ गतेको केन्द्रीय समिति बैठकमा नजाने बताउँदै आएका छन् ।

ओलीले पार्टीमा गरेको नियुक्ति र जिम्मेवारी हेरफेर विरुद्ध आइतबार मात्रै माधव नेपाल सहित वरिष्ठ नेता झलनाथ

खनाललगायतका नेताहरुले निर्वाचन आयोगमा उजुरी दिएका छन् । उनीहरुले ओलीको निर्णय कार्यन्वयन नगर्न आयोगलाई आग्रह गरेका छन् ।

साथै आइतबार साँझ नै नेपाल सहितका ११ जना नेताहरुले ओलीले कम्युनिस्ट आन्दोलनलाई विसर्जनको दिशामा लगेको तथा एमाले फुटको संघारमा पुर्याएको संगीन आरोप लगाएका छन् ।