सोमबार , अषोज ११, २०७८

ओलीको चेतावती : पुन संसद् विघटन हुनेबारे दिए यस्तो प्रतिक्रिया

चैत्र २, २०७७ सोमबार 21

ओलीको चेतावती : पुन संसद् विघटन हुनेबारे दिए यस्तो प्रतिक्रिया

काठमाडौं

चैत्र १

नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले फेरि प्रतिनिधिसभा संसद विघटन हुने बताएका छन् ।

प्राइम टाईम टेलिभिजनलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले यथास्थितिमा नयाँ सरकार बन्न नसक्ने भएकाले संसद विघटन हुने बताए ।

उनले एमालेबाहेक अरु कसैको नेतृत्वमा सरकार नबन्ने भन्दै मुलुक चुनावमा जाने बताए । ‘आजका मितिसम्म एमाले ठूलो पार्टी हो,’ ओलीले भने, ‘एमालेबाहेक अरुले सरकार चलाउने हो भने संसदमा मत पुर्‍याउनुपर्‍यो, त्यो त अरु कसैले पुर्‍याउँदैन ।’

संसदमा कसैले सरकार बनाउन नसकेपछि संविधानअनुसार संसद् विघटन हुने ओलीले बताए । ओलीले यसअघि आफूले संसद विघटन गरेर गल्ती गरेको स्वीकारेका छन् ।

‘तपाईं फेरि संसद् विघटन गर्न चाहनुहुन्छ रे त !’ भन्ने प्रश्नमा उनले भने, ‘म फेरि त्यस्तो गल्ती दोहोर्‍याउँदिनँ,

एमाले बाहेकको सरकार बन्न सकेन भने, कसैले मत पुर्‍याउन सकेन भने त संविधानअनुसार नै संसद विघटन हुन्छ ।’

ओलीले जनता समाजवादी पार्टी (जसपा) र कांग्रेसलाई आफूले प्रधानमन्त्री बन्न प्रस्ताव नगरेको बताएका छन् ।

उनले आफू अविश्वासको प्रस्ताव फेस गर्न तयार रहेको बताए ।

ओलीले आफूसँग बहुमत रहेकाले पदबाट राजीनामा नदिने समेत बताए ।

‘मलाई सबैभन्दा बढी मन नपराउनेहरुले पनि अहिले मलाई समर्थन दिइरहेका छन्,’ ओलीले भनेका छन् ।