प्रचण्डले पार्टीको नयाँ नाम घो’ षणा गरेलगत्तै बामदेवको यस्तो कदम

काठमाडौँ

चैत्र

नेकपा एमालेका नेता तथा एकता अभियानका संयोजक वामदेव गौतमले पार्टीभित्र देखिएको समस्या समाधान गर्न

अध्यक्ष केपी शर्मा ओली र नेता माधव कुमार नेपालसँग छलफल गर्ने भएका छन् ।

अभियानको बैठकले पार्टी भित्रको समस्या समाधान गर्न अभियान सक्रिय हुने निर्णय गरेको हो ।

बैठकले पार्टी एकता जोगाउनका लागि दुबै समूहसँग छुट्टाछुट्टै छलफल गर्ने जिम्मेवारी संयोजक गौतमलाई दिएको छ ।

एमाले पुन फुटको संघारमा पुगेपछि बलियो र एकताबद्ध बनाउन अभियानको माध्यमबाट भूमिका निर्वाह गर्ने निर्णय बैठकले गरेको हो ।

बैठकले एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र आफूखुसी गरेको निर्णयविरुद्ध देशव्यापी भण्डाफोर अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

नेकपामा विभाजन आएसँगै गौतमले छुट्टै एकता अभियान सञ्चालन गर्दै आएका थिए ।

अदालतको आदेशपछि नेकपा एमाले पुरानै अवस्थामा आउदा पनि विवाद अन्त्य नभएपछि गौतमले त्यो प्रयासलाई पुनः निरन्तरता दिने भएका हुन् ।

नेकपामा विभाजन आएसँगै गौतमले छुट्टै एकता अभियान सञ्चालन गर्दै आएका थिए ।

अदालतको आदेशपछि नेकपा एमाले पुरानै अवस्थामा आउदा पनि विवाद अन्त्य नभएपछि गौतमले त्यो प्रयासलाई पुन निरन्तरता दिने भएका हुन् ।

प्रतिक्रिया

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal