Politics

एमाले सिध्याउने माधव नेपालको रणनीति ओलीले थाहा पाएपछि…

काठमाडौँ

चैत्र

पुष्पकमल दाहाल प्रचण्डसँग एकता र सहकार्य गर्ने योजनामा सर्वोच्च अदालतको फैसलाबाट ब्रेक लागेपछि माधव नेपाल र झलनाथ खनाल अफ्ठेरोमा परे ।

सर्वोच्चको फैसलालगत्तै संसद र बाहिर प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीमाथि खनिए । गुटको बैठक र भेला गरेर एकाएक सक्रियता देखाउन थाले ।

बैठकमा ओलीसँग पार्टीमा संघर्ष गर्ने र नसकेमा विभाजनसम्म पनि जाने मनस्थिति सुनाए । अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठक बोलाउँदा पनि सहभागी भएनन् ।

माधव नेपालले चर्को अहसयोगको रणनीति लिएपछि प्रधानमन्त्री ओलीले अनौपचारिक रुपमा उनको मनस्थिति बुझ्न थाले ।

बुझ्दै जाँदा नेता नेपालले ओलीसँग सहकार्य गरेर एमाले अगाडि बढाउने भन्दा पनि उपयुक्त समयमा फुटाउने रणनीति बनाएको थाहा पाए ।

बालुवाटार स्रोतका अनुसार माधव नेपालले पार्टी फुटाएर एमाले सिध्याउने रणनीति बनाएपछि नेपाल समूहका सबै नेतालाई जिम्मेवारीबाट मुक्त गरे ।

माधव नेपाल विदेश विभाग प्रमुखबाट हटाइए । झलनाथको वरिष्ठ पद गयो । चर्को बोल्ने भीम रावलसहित प्रदेश प्रमुखको पनि पद खोसियो ।

यति हुँदै गर्दा विभाजन नै देखिने गरी माधव नेपाल एक कदम अगाडि बढे । उनले समानान्तर कमिटी गठन गरे । यो कदम विभाजनको अन्तिम चरण भएको नेताहरु बताउँछन् ।

ओलीलाई ठेगान लगाउने भन्दै माधव नेपाल पार्टी फुटाएर प्रचण्डसँग एकता गर्ने रणनीतिमा रहेको बताइन्छ ।

एमालेभित्र तिक्तता बढ्दै जाँदा विभाजन हुने निश्चित भएको र विभाजनपछि प्रचण्डसँग एकताको सम्भावना प्रबल रहेको राजनीतिक पण्डितहरुको विश्लेषण छ ।

Related Articles

Back to top button