ए’ क्कासी प्र’ चण्डको श्रीमती सीतालाई के भयो यस्तो? भ’ क्कनिए प्रचण्ड

काठमाडौं ।

चैत्र

नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रीमती सीतालाई गम्भीर रोग लागेको र बचाउने प्रयास भइरहेको बताएका छन्।

अहिले मेरो श्रीमतीको अवस्था सबैलाई थाहा छ, उनको रोग असाध्यै खालको रहेछ– सबैभन्दा खराब प्रकारको पार्किन्सन रहेछ प्रचण्डले भने एक जना श्रीमानको हैसियतले मैले लगातार बचाउने कोसीस गरिरहेको छु।’

प्रचण्डले जीवनभर श्रीमतीले आफुलाई सहयोग गरेको र अहिले विरामी भएको बेलामा उनको निम्ति सक्नेजति सबै गर्नुपर्छ भनेर लागिराखेको बताए।

काठमाडौंमा आयोजना गरेको कान्तिपुर कन्क्लेभ अन्तर्गत प्रचण्डसँग परिसंवाद कार्यक्रममा उनले पारिवारिक सम्बन्धलाई व्यवस्थापन गर्दै आफु निरन्तर राष्ट्र र जनताका लागि राजनीतिमा सक्रिय रहेको बताए।

‘श्रीमतीलाई कुनै पनि दिन केही पनि हुनसक्छ भन्ने मैले मानसिक रुपमा आफुलाई तयार गरेको छु प्रचण्डले भने

त्यसपछि राष्ट्र र जनताका निम्ति अझ बढी स’क्रिय भएर मेरो आफ्नो जीवन बिताउनु पर्छ भन्ने मानसिकता मैले बनाएको छु।

क्यान्सर रोगबाट छोरी र ह’र्ट अ’ट्या’कबाट छोरा गुमाएका प्रचण्ड अहिले श्रीमती सीताको उपचारका क्रममा बेलाबेला विदेश समेत जाने गरेका छन्।

यो पनि हेर्नुस

बाँके- नेपालगञ्ज उपमहानगरपालिका-१४ निवासी रिक्साचालक देवराज बर्माले रिक्सामा छुटेको रु सात लाख ४० हजारसहितको झोला सम्बन्धित व्यक्तिलाई फिर्ता गर्नुभएको छ ।

भारतबाट घर फर्कने क्रममा घोराही उपमहानगरपालिका-५ धर्ना दाङ निवासी दत्तबहादुर नाथको रिक्सामा छुटेको रकमसहितको झोला बर्माले हिजो जिल्ला प्रहरी कार्यालमा पुगेर फिर्ता गरेको बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिनुभयो ।

उहाँका अनुसार रिक्सामा झोला छुटेको जानकारी पाएलगत्तै नाथले जिल्ला प्रहरी कार्यालय बाँकेमा जानकारी गराउनुभएको थियो ।

पैसासहितको झोला हराएको खबर पाएको प्रहरीले सडकमा राखिएको सिसी क्यामेराको मद्दतले नाथ चढेको भे१ह ५०१९ नंको अटोरिक्सा पहिचान गरी चालकलाई खबर गरेपछि रकम फिर्ता भएको हो ।

प्रहरीले रिक्साचालक बर्मालाई सम्पर्क गरी रकमसहितको झोला मगाएको थियो ।

झोला बोकेर प्रहरी कार्यालय पुग्नुभएका बर्माले प्रहरीको रोहवरमा सम्बन्धित व्यक्तिलाई झोला फिर्ता गर्नुभएको हो ।

प्रविधिको प्रयोगबाट नगदसहितको झोला हराएको केहीबेरमै फेला पार्न प्रहरी सफल भएको प्रहरी उपरीक्षक रानाले बताउनुभयो ।

प्रतिक्रिया

job vacancy

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal