बिहिबार , अषोज ७, २०७८

माधव लगाएतका नेतालाई का’ रबाही गर्ने ओलीको यस्तो सनसनीपूर्ण तयारी

फागुण २९, २०७७ शनिबार 21

माधव लगाएतका नेतालाई का’ रबाही गर्ने ओलीको यस्तो सनसनीपूर्ण तयारी

काठमाडौँ

फागुन

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चैत ७ गतेको केन्द्रीय कमिटी बैठकमा उपस्थित हुन खनाल(नेपाल पक्षलगायतलाई सार्वजनिक रुपमा आह्वान गरेका छन् ।

बैठकमा अनुपस्थित रहे विधानबमोजिम कार’ बाही हुने उनले बताए ।

शनिबार काठमाडौंमा आयोजित अखिल नेपाल महिला संघको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, ‘‘हिजो हामी

केन्द्रीय कमिटी बैठक बस्यौँ, उहाँहरु आउनुभएन । पहिलेदेखि आइराख्नुभएको छैन, केन्द्रीय कमिटी बैठकमा ।

अस्ति मैले सुनेँ, पेरिसडाँडाबाट रुवाबासी गर्दै अदालतको फैसलापछि बिदावारी भएर हिँड्नुभएको थियो रे १ अर्याल होटेलसम्म आइपुग्नुभाको छ, त्यहाँ एक(दुई रात बास बस्नुभाको भन्ने सुनियो ।

बैठकमा आइपुग्नुभाको छैन । प्रशस्त समय रहोस् भनेर ७ गतेलाई बैठक बोलाएको छु ।

चैत ७ गते बैठक बोलाएको छु । टेलिभिजनले खिचेको छ, लाइभ दिइराख्या होला, सुनिनँ भन्न पाइने छैन ।

२०७७ साल चैत ७ गते केन्द्रीय कमिटीको बैठक बालुवाटारमा बोलाएको छु । केन्द्रीय कमिटीका सदस्यहरु आउनुहोला । अनुपस्थित रहँदै जानुभो भने विधानको व्यवस्थाअनुसार हुँदै जानेछ ।

त्यसकारण म सबैले सुन्ने गरी भन्न चाहन्छु, ७ गतेको बैठकमा आउनुहोला ।’

२०७७ साल चैत ७ गते केन्द्रीय कमिटीको बैठक बालुवाटारमा बोलाएको छु । केन्द्रीय कमिटीका सदस्यहरु आउनुहोला ।

अनुपस्थित रहँदै जानुभो भने विधानको व्यवस्थाअनुसार हुँदै जानेछ । त्यसकारण म सबैले सुन्ने गरी भन्न चाहन्छु, ७ गतेको बैठकमा आउनुहोला ।’’