Friday, October 30सुदुर मिडिया द्वारा संचालित
Shadow

किन हानिन शिलालेखमा उपमेयरले ढुंगा

कैलालि कार्तिक १: कैलालीको घोडाघोडी नगरपालिकामा शनिबार वडा कार्यालयको भवन उदघाटन कार्यक्रममा प्रमुख र उपप्रमुखविच हात हालाहाल भएको छ । नगरप्रमुख ममताप्रसाद चौधरीले वडा नम्बर सातको नवनिर्मित भवनमा राखिएको शिलालेख अनावरण गरिरहँदा उपप्रमुख प्रेमकुमारी थापाले तोडफोड गर्ने प्रयास गरेपछि विवाद भएको हो । उपप्रमुख थापाले शिलालेखमा आफ्नो नाम समावेश नगरिएको भन्दै ढुंगाले हिर्काएकी हुन ।शिलालेखको अनावरण गरिरहेका बेला ढुङ्गा प्रहार भएपछि दुई जनाबीच हात हालाहालको स्थिति सिर्जना भएको प्रतक्ष्यदर्शीले बताएका छन । शिलालेखमा नगरप्रमुखको नाम समावेश भएको तर आफ्नो नाम नभएको भन्दै उपप्रमुख आक्रोसित बनेकी हुन । सो क्रममा उनले प्रमुख चौधरी बिरुद्ध नाराबाजी गर्दै शिलालेखमा ढुङ्गा र मुक्का प्रहार गरेकी थिइन । कार्यपालिकामा कुनै छलफल नगरी नगरप्रमुखले एकलौटी ढङ्गले आफ्नोमात्र नाम लेख्न लगाएको उनको आरोप छ । हेर्नुहाेस भिडियाे