Politics

यी हुन् पदकै माया मारेर ओलीलाई साथ् दिने ७ नेता, माधव समूहले गर्यो नसोचेको घोषणा

काठमान्डौ

फागुन

नेकपा एमालेका नव मनोनित केन्द्रीय सदस्य तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले अब सांसद र मन्त्री पद गए पनि आफूहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको साथ नछोड्ने स्पष्ट पारेका छन् ।

शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै नेता रायमाझीले आफूहरुको लागि मन्त्री र सांसद पद ठूलो नभएको

भन्दै सही विचार, सिद्धान्त र निष्ठाको राजनीति गर्ने र त्यो प्रधानमन्त्री ओलीसँग रहेकोले ओलीको साथ कुनै हालतमा नछाड्ने स्पष्ट पारे ।

मन्त्री र सांसद पद जान्छ भन्ने हामीलाई चिन्ताको विषय होईन, ज्यान त छँदैछ नि। हामीलाई केही चिन्ता छैन्,’ उनले भने ।

उनले प्रधानमन्त्री ओलीले देशको विकास र समृद्धिको लागि सही एजेण्डा बोकेकोले आफूहरू एमाले पार्टीभन्दा पनि ओलीको विचारको पछि लागेको प्रतिक्रिया दिए ।

उनले तत्कालिन् नेपाल कम्युनिष्ट पार्टी नेकपामा अन्तरविरोध चर्किनुको कारण विचार र सिद्धान्तभन्दा पनि अर्को पक्षले पद र प्रतिष्ठाको लागि मात्रै विरोध गरेको टिप्पणी गरे ।

मन्त्री रायमाझीले अब आफूहरु कुनै पनि हालतमा नेकपा माओवादी केन्द्रमा नफर्किने दाबी गरे।

उनले माओवादी केन्द्रलाई ‘डोरी जलिसकेको र अब गाँठोमात्रै बाँकी रहेको’ को संज्ञा दिए। उनले प्रधानमन्त्री ओलीलाई तत्कालिन नेकपा आफ्नै पार्टी बाट सरकार र पार्टी चलाउन अवरोध गरिएको आरोप लगाए ।

देशलाई अस्थिरतरताबाट बचाउन बाध्य भएर प्रधानमन्त्री ओलीले संसद् विघटन गरे पनि अदालतबाट आफूहरुले मुद्दा

हारेको रायमाझीले सुनाए। अर्को नेकपाको नामको विषयमा पनि आफूहरुले मुद्दा हारेको उनले सुनाए।

उनले आफूले मोहनविक्रम सिंहको पार्टीबाट राजनीति सुरु गरेको भन्दै यो बीचमा विभिन्न कम्युनिष्ट घटक हुँदै माओवादीसम्म आईपुगेको र अहिले माओवादीबाट एमाले भएको सुनाए ।

आफू सही विचार र नीतिको राजनीति गर्ने व्यक्ति भएकोले अहिले ओलीले बोकेको विचार सही भएकोले यता लागेको पनि

रायमाझीले स्पष्ट पारे। तर, कम्युनिष्ट पार्टी छोडेर कांग्रेस वा राप्रपामा भने नजाने उनले विश्वास दिलाए ।

वामदेव गौतमले ओली र नेपालसँग छुट्टाछुट्टै वार्ता गर्ने
एमाले नेता तथा पार्टी एकता अभियानका संयोजक वामदेव

गौतमले पार्टीलाई संकटबाट जोगाउन अध्यक्ष केपी ओली र वरिष्ठ नेता मावधकुमार नेपालसँग छुट्टाछुट्टै वार्ता गर्ने भएका छन् ।

एकता राष्ट्रिय अभियानका उपत्यकामा उपलब्ध अभियन्ताहरूको शनिबार बसेको बैठकले पार्टीभित्रको समस्या समाधान गर्न अभियान सक्रिय हुने निर्णय गरेको अभियानका सचिव बाबुराम थापाले बताए ।

नेताहरू विभाजित हुन थालेपछि ‘एमाले जोगाउन’ अभियानको माध्यमबाट भूमिका निर्वाह गर्ने निर्णय भएको थापाले जानकारी

दिए । ओलीले शुक्रबार एकलौटी निर्णय गरेपछि नेपाल समूहले समानान्तर गतिविधि थालिसकेको छ ।

गौतमले ओलीको निर्णय विधि–विधान र नवौँ महाधिवेशनको भावनाविपरीत भएको ठहर गर्दै अस्वीकार र तत्काल सुधारका लागि आग्रह गर्ने बताएका छन् ।

दोस्रो तहका नेताहरूलाई गालीगलौज त्याग्दै एकताका निम्ति दबाब दिन पनि गौतमले आग्रह गरेका छन् । एमालेभित्र र आमवाम एकताका लागि प्रयास जारी राख्ने निष्कर्षमा गौतम पुगेका छन् ।

त्यसो भए क्याबिनेटले अब १९ अर्बको खोजी गर्दैन् रु भनेर पत्रकारले सोधेको अर्को प्रश्नमा उनले भने,‘हामी त्यसको अध्ययनमा छौं ।

अब त्यो विभिन्न निकायबाट खोजी नीति होला, प्रश्न उठेको छ । त्यसको औचित्य र आवश्यकत्ताको आधारमा त्यसलाई अगाडि बढ्छ होला।’

Related Articles

Back to top button