सोमबार , अषोज ११, २०७८

माधव नेपाल पक्षले ओली विरुद्ध गर्यो यस्तो निर्णय, चैत ४ गते हुँदैछ वारपार

फागुण २९, २०७७ शनिबार 25

माधव नेपाल पक्षले ओली विरुद्ध गर्यो यस्तो निर्णय, चैत ४ गते हुँदैछ वारपार

काठमाडौ ।

फागुन

नेकपा एमाले माधव नेपाल समूहले एमालेमै रहेर समानान्तर कमिटि बनाउने निर्णय गरेको छ ।

पार्टी फुटाउने उद्देश्य साथ प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार एकलौटी बैठकवाट अध्यक्ष र महासचिव वाहेक सबै पद खारेज गरेपछि नेपाल समुहले यस्तो निर्णय गरेको हो ।

शुक्रवार नै बानेश्वरमा भएको बैठकले नेपाल समुहले ओलीले गरेको निर्णय विरुद्ध एकजुट हुन कार्यकर्तालाई आह्वान गरेको छ ।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले महासचिव र अध्यक्ष बाहेकका पदाधिकारीको जिम्मेवारी खोसेर मंसिरमा महाधिवेशन गर्ने निर्णय गरे लगत्तै बसेको नेता नेपाल पक्षको बैठकले विधान विपरीत निर्णयको प्रतिवाद गर्ने निर्णय गरेको छ ।

जसअनुसार समानान्तर कमिटी बनाउने नेपाल पक्षले निर्णय लिएको छ ।

यस्तै संसदमा विघटन गर्ने योजना सफल नभएपछि अध्यक्ष ओलीले पार्टी फुटाउने प्रयास गरेको बैठकले निष्कर्ष निकालेको छ । नेपाल र झलनाथ खनाल समूहले चैत ४ गते राष्ट्रिय भेला गर्ने भएको छ ।

शुक्रबार साँझ नयाँबानेश्वरस्थित एक होटलमा बसेको नेपाल समूहको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो । भेलाले पार्टी पुनर्संरचनाको अभियान अगाडि बढाउने नेताहरुले बताएका छन् ।

अध्यक्ष केपी ओलीले बालुवाटारमा आफ्नो समूहको बैठक राखेर अध्यक्ष र महासचिवबाहेक सबै पदाधिकारी खारेज गर्ने निर्णय गरे लगत्तै एमाले नेपाल समूहले यस्तो निर्णय गरेको हो ।

‘चैत ४ गते राष्ट्रिय भेला हुनेछ’बैठकपछि कुरा गर्दै नेता बेदुराम भुसालले भने, सोही दिन पार्टी पुनर्संरचनाको अभियान घोषणाको तयारी छ ।

उनले समानान्तर कमिटीसमेत गठन हुने बताएका छन् । हरेक जिल्लामा नेतृत्व चयन गर्ने उनको भनाइ छ ।