घनश्याम भुसालले ओलीलाई किन दिए धन्यवाद ? यस्तो छ कारण

काठमाडौं।

फागुन

नेकपा एमाले उपमहाचिब घनश्याम भुसालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन्। उनले यो धन्यवाद खुशी भएर दिएका भने होइनन्।

ओली समूहको केन्द्रीय कमिटी बैठकले शुक्रबार नेता भुसाललगायत एमाले पदाधिकारीको पद खारेज गरिदिएको छ।

त्यसैले माधव नेपाल समूहमा रहेका भुसाल प्रधानमन्त्री तथा अध्यक्ष ओलीसँग आक्रोशति छन्। उनले सामाजिक सञ्जालमा प्रतिक्रिया लेख्दै ओलीको क्षमता कम्युनिष्टलाई समाप्त पार्नुमात्र भएकोसमेत बताएका छन्।

उनले लेखेका छन्, ‘केही बर्षदेखि मैले ओलीजीको सामर्थ्यले भ्याएसम्म उहाँको एक मात्र उद्देश्य कम्युनिस्ट आन्दोलनलाई विघटन गर्नु हो भन्दै आएको थिएँ।

उहाँले त्यही गर्दै आउनुभएको छ। आजको घटनाबाट उहाँबारे रहँदै आएका सबै भ्रमबाट सबैलाई मुक्त गरिदिनु भएको छ।

त्यसका लागि उहाँलाई धन्यवाद छ। तर उहाँले बुझ्न एउटा कुरा बाँकी छ – कम्युनिष्ट आन्दोलनलाई विघटन गर्न दिइने छैन, वहालाई असफल पारिनेछ।’

 

प्रतिक्रिया

job vacancy

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal