सोमबार , अषोज ११, २०७८

माधव पक्षले बोलायो स्थायी कमिटीको आकस्मिक बैठक। एमाले संगै जाने कि के गर्ने हेर्नुहोस पूरा समाचार

फागुण २८, २०७७ शुक्रबार 22

माधव पक्षले बोलायो स्थायी कमिटीको आकस्मिक बैठक। एमाले संगै जाने कि के गर्ने हेर्नुहोस पूरा समाचार

काठमाडौं ।

नेकपा एमालेका बरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहले स्थायी कमिटीको आकस्मिक बैठक बोलाएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली समूहले पार्टीको बैठक नै नराखी माधवकुमार नेपाल समूहका नेताहरुको जिम्मेवारी खोसेपछि माधव समूहले आकस्मिक बैठक बोलाएका हु्न् ।

शुक्रबार बालुवाटारमा माधव नेपाल पक्षले थाहै नपाई पुनस्थापित नेकपा एमालेको पहिलो केन्द्रीय कमिटी बैठक

महत्वपुर्ण निर्णय गर्दै ओली पक्षले सम्पन्न गरेपछि माधव नेपाल समूहले पनि आकस्मिक बैठक बोलाएका छन् ।

ओली पक्षले महासचिवबाहेकका पदाधिकारीहरु खारेज गर्ने र आफ्ना समूहका नेताहरुको जिम्मेवारी खोस्ने र एकतर्फी रुपमा

गरेको महाधिवेशनको मिति घोषणापछि खनाल-नेपाल समूहले आकस्मिक स्थायी कमिटी बैठक बोलाएको हो ।

यो पनि पढ्नुहोस।

काठमाडौं ।

एमाले अध्यक्ष केपी शर्मा ओली समूहले पार्टीको बैठक नै नराखी माधवकुमार नेपाल समूहका नेताहरुको जिम्मेवारी खोसेका छन् ।

शुक्रबार बालुवाटारमा माधव नेपाल पक्षले थाहै नपाई पुनःस्थापित नेकपा एमालेको पहिलो केन्द्रीय कमिटी बैठक महत्वपुर्ण निर्णय गर्दै ओली पक्षले सम्पन्न गरेको हो ।

सर्वोच्च अदालतको फैसलापछि ब्युँतिएको एमालेको केन्द्रीय कमिटी बैठक ७ चैतमा बोलाउने तयारी गरिएको छ ।

आफ्नो समूहको बैठक राखेर ओलीले महासचिवबाहेकका सबै पदाधिकारी खारेज गरेका छन् ।

ओली समूहले शुक्रबार माधव पक्षलाई थाहै नदिइ राखेको बैठकले साबिकको नेकपा दुई खेमामा विभाजित हुँदा आफ्नो समूहले गरेको नियुक्तिलाई नै निरन्तरता दिने निर्णय गरेको हो ।

बैठकले प्रदेश १ को इन्चार्जमा भीम आचार्यलाई हटाएर सुवासचन्द्र नेम्वाङलाई जिम्मेवारी दिइएको बैठकमा सहभागी एक नेताले जानकारी दिए

। ती नेताका अनुसार बाग्मती प्रदेशको इन्चार्जमा अष्टलक्ष्मी शाक्यलाई हटाएर रामबहादुर थापा बादललाई जिम्मेवारी दिइएको छ ।

त्यस्त्ै कर्णाली प्रदेशको इन्चार्जमा युवराज ज्ञवालीलाई हटाएर यामलाल कँडेल र सुदूरपश्चिमम प्रदेशको इन्चार्जमा भीम रावललाई हटाएर लेखराज भट्टलाई जिम्मेवारी दिइएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

ओली पक्षका नेताहरुमध्ये प्रदेश २ का सत्यनारायण मण्डल, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ र लुम्बिनीमा शंकर पोखरेल कायमै छन् ।

ओलीले आजको बैठकबाट विदेश विभाग प्रमुखमा माधवकुमार नेपाललाई हटाएर राजन भट्टराई तोकेका छन् । बैठकमा ओली पक्षले महाधिवेशनको मिति तोकेका छन् भने नेताहरूको महत्वपुर्ण जिम्मेवारी समेत तोकेको हो ।

बैठकले बादलसहित २३ जना माओवादी नेता एमालेको केन्द्रीय कमिटीमा मनोनीत भएका छन् ।

कसले के पाए जिम्मेवारी ?

नेकपा माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका रामबहादुर थापा बादललाई वागमती प्रदेशको इन्चार्ज बनाएको छ । त्यस्तै प्रदेशका इन्चार्ज र सहइन्चार्ज पनि तोकिएका छन् ।

सुवास नेम्वाङलाई प्रदेश १ को इन्चार्ज बनाएको छ भने, प्रदेश २ मा सत्यनारायण मण्डल, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णालीमा मणि थापा र सुदूरपश्चिममा लेखराज भट्ट इन्चार्ज तोकिएको छ ।

बैठकले विष्णु पौडेललाई संगठन विभागको प्रमुखको जिम्मा दिएको छ । त्यस्तै विदेश विभागको जिम्मेवारी भने डा। राजन भट्टराईलाई दिएको छ ।

प्रदीप ज्ञवालीले प्रचार विभाग प्रमुख तथा प्रवक्ताको जिम्मेवारीपाएका छन् भने स्कूल विभाग प्रमुखको जिम्मेवारी ओली आफैंले लिएका छन् ।

ओलीले अध्यक्ष र महासचिवबाहेक अरु पदाधिकारी भने नराख्ने बताएका छन् । अध्यक्ष केपी शर्मा ओलीले बैठकमा दिएको

जानकराी अनुसार नेकपा विभाजनपछि ओली पक्षले बनाएका सबै कमिटी र जनसंगठनका नेतृत्वसमेत हाललाई यथावत रहने बताइएको छ ।

अर्को बैठक चैत ७ गतेका लागि तोएिको छ छ । आजको बैठकमा नआएका माधव नेपालहरुलाई पनि अर्को बैठकका लागि जानकारी दिन महासचिव ईश्वर पोखरेललाई निर्देशन दिएको एक मन्त्रीले जानकारी दिए ।