शुक्रबार , अषोज ८, २०७८

झन कडा बनिन् रामकुमारी झाँक्री , ओलीसँग कुनै हालतमा झुक्दैनौँ, तह लगाएरै छाड्छौँ, सांसद पद गए जाओस् (भिडियो हेर्नुस्)

फागुण २८, २०७७ शुक्रबार 27

झन कडा बनिन् रामकुमारी झाँक्री , ओलीसँग कुनै हालतमा झुक्दैनौँ, तह लगाएरै छाड्छौँ, सांसद पद गए जाओस् (भिडियो हेर्नुस्)

काठमाडौँ

फागुन

एमाले नेता रामकुमारी झाँक्री अहिले राजनीतिको चर्चामा छन् । उनका कडा अभिब्यक्ति कहिले विवादित हुन्छन् भने कहिले तरंग उत्पन्न गर्छन ।

उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई लिएर दिएको विवादित अभिब्यक्तिका कारण पक्राउ समेत परेकी थिइन् । तर पनि उनी कडा अभिब्यक्ति राख्न छोडेकी छैनन् ।

प्रधानमन्त्री केपी शर्मा ओली नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष हुँदा सचिवालय देखि केन्द्रीय सदस्य हुुुँँदै तल्लो निकायका अलावा संसदीय दलसम्म अल्पमतमा थिए ।

अहिले नेकपा एमाले ब्युँतिएपछि ओली केन्द्रीय समिति र संसदीय दलमा बहुमतमा छन् । तर, पदाधिकारी र स्थायी कमिटीमा ओली अल्पमतमा छन् ।

नेकपा एमाले गठन भएपछि ओलीले अहिलेसम्म पदाधिकारी देखि केन्द्रीय कमिटी मात्र नभई संसदीय दलको पनि बैठक डाकेका छैनन् ।

उनले बैठक नडाक्नुमा माधव नेपाल पक्षधरबाट हुनसक्ने सम्भावित चुनौती पनि कारण हो ।

यसैबीचमा सर्वोच्चको फैसला पछि एमालेमै रहने निष्कर्षमा पुगेको माधव नेपाल समुहका नेता रामकुमार झाँक्रीले फेरी पनि प्रधानमन्त्री ओलीको कार्यशैलीलाई लिएर विरोध गरेकी छन् ।

उनले ओलीलाई तह लगाएरै छोड्ने बताएकी छन् । उनले आफ्नो संसद पद छोड्नु परेपनि ओलीको गलत कार्यशैलीको विरोध गरिरहने बताएकी छन् ।