अन्तर्राष्ट्रिय समाचार

एक साता लकडाउन गर्ने सरकारको निर्णय

एजेन्सी ।

मार्च १२

 कोरोना संक्रमित बढेपछि भारतमा पुन: लकडाउनको घोषणा गरिएको छ ।

महाराष्ट्र राज्य सरकारले नागपुरमा एक साताका लागि लकडाउनको घोषणा गरेको हो ।

महाराष्ट्र सरकारले मार्च १५ देखि २१ सम्म लकडाउन घोषणा गरेको हो।

लकडाउनको अवधिमा मानिसहरुलाई अत्यावश्यक कामबाहेक बाहिर निस्कन प्रतिबन्ध गरिएको छ।

सरकारले यसअघि राजनीतिक‚ धार्मिक कार्यक्रमका लागि जमघट नगर्न आदेश दिएको थियो।

अहिले विद्यालय‚ कलेज‚ कोचिङ सेन्टरलगायत भीडभाड हुने स्थानहरु बन्द रहेछ जनाइएको छ।

निजी कार्यालयहरु पनि बन्द रहनेछन्।

सरकारी कार्यालयमा भने २५ प्रतिशत कर्मचारीको उपस्थितिमा सेवा दिइने जनाइएको छ।

Related Articles

Back to top button