सोमबार , अषोज ११, २०७८

प्रचण्ड-माधव पक्षले लगायो प्रधानमन्त्रीको टुंगो, यि हुन् भावी प्रधानमन्त्री

फागुण २८, २०७७ शुक्रबार 23

प्रचण्ड-माधव पक्षले लगायो प्रधानमन्त्रीको टुंगो, यि हुन् भावी प्रधानमन्त्री

काठमाडौं ।

फागुन

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गरेलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा दिन माग गरेका प्रचण्ड माधव समुहले नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्रीको अफर गरेको बुझिएको छ ।

बुधवार देउवा निवास बुढानिलकण्ठमा भेट गर्न गएका प्रचण्ड नेपालले देउवालाई यस्तो प्रस्ताव गरेका हुन् ।

यो निर्णयसंगै माधव नेपाल समुह अप्ठेरोमा परेको छ । माओवादी केन्द्रवाट आएका नेताहरुलाई समेत जिम्मेवारी दिएका ओलीले माधव नेपाल समुहलाई पुरै वाइपास गरेका छन् ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार आफू पक्षीय केन्द्रीय सदस्यहरूको बैठक राखेर नेता माधवकुमार नेपाल पक्षका सबै नेताहरूको जिम्मेवारी खोसेका हुन् ।

सोही बैठकले विवादपछि माओवादी केन्द्रमा नफर्किएका रामबहादुर थापा ‘बादल’ सहित २३ जनाले समेत जिम्मेवारी पाएका छन् ।

बादललाई प्रदेश इन्चार्ज बनाइएको छ भने अन्य नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ।

बैठकले एमालेको विदेश विभाग प्रमुखमा माधव कुमार नेपाललाई हटाएर राजन भट्टराईलाई नियुक्ति दिएको छ।

त्यस्तै सुदूरपश्चिम प्रदेश इन्चार्जमा भीम रावललाई हटाएर लेखराज भट्टलाई जिम्मेवारी दिइएको छ।

कर्णाली प्रदेश इन्चार्जमा युवराज ज्ञवाली हटाएर यमलाल कँडेललाई तोकिएको छ।

बागमती प्रदेश इन्चार्चमा नेपाल पक्षकी अष्टलक्ष्मी शाक्यलाई हटाएर ईश्वर पोखरेललाई जिम्मेवारी दिइएको छ

भने प्रदेश १ मा भीम आचार्यलाई हटाएर सुवास नेम्वाङलाई जिम्मेवारी दिएको छ। बैठकले पार्टीको प्रवक्तामा प्रदीप ज्ञवालीलाई तोकेको छ।

आफू पक्षीय केन्द्रीय सदस्यहरुलाई समेत थाहा नदिइ एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट महत्वपूर्ण निर्णय पछि माधव नेपाल समुहका नेताहरुले असन्तुष्टि पोखेका छन्।

उनीहरुले केन्द्रिय समितिको बैठकबारे आफुहरुले जानकारी नै नपाएको बताएका छन् ।

एमालेको विधानमा केन्द्रीय कमिटिमा सदस्य थप्न नपाइे भए पनि ओलीले बाधा अड्काउ फुकाउ निर्णय गर्दै उक्त प्रावधानलाई निलम्बन गरेर माओवादीबाट आएका नेताहरुलाई केन्द्रीय सदस्यको जिम्मेवारी दिइएको हो।

यो निर्णय पछि नेकपा एमालेको माधवकुमार नेपाल पक्षका नेता रघुजी पन्तले शुक्रबार पार्टीको केन्द्रीय कमिटी बैठक बोलाएकोबारे आफूहरूलाई जानकारी नै नभएको बताएका छन्।

बैठकले अध्यक्ष र महासचिवबाहेक सबै पदाधिकारी भं ग गर्दै आउँदो मंसिरका लागि महाधिवेशन मिति तोकेको छ।

तर, यस विषयमा माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले जानकारी नभएको प्रतिक्रिया दिएको छ।

‘केन्द्रीय कमिटी बैठक भएको भए हामीलाई जानकारी हुनुपर्ने हो, केही थाहै छैन। सबै घटनाक्रम बुझेर मात्रै कमेन्ट गर्दा राम्रो होला’ पन्तले भने।