सोमबार , कार्तिक ८, २०७८

अष्टलक्ष्मी शाक्यलाई हटाएर ओलीले बादललाई बनाए बागमती प्रदेश इन्चार्ज

फागुण २८, २०७७ शुक्रबार 38

अष्टलक्ष्मी शाक्यलाई हटाएर ओलीले बादललाई बनाए बागमती प्रदेश इन्चार्ज

काठमाडौं

नेकपा (एमाले) अध्यक्ष केपी ओलीले रामबहादुर थापा ‘बादल’लाई बागमती प्रदेश इन्चार्ज बनाएका छन् । शुक्रबार ओली अष्टलक्ष्मी शाक्यलाई हटाएर बादललाई बागमती प्रदेश इन्चार्जको जिम्मेवारी दिएका हुन् ।

“पुस ५ गते प्रतिनिधिसभा वि’घटन गर्ने प्रधानमन्त्रीको निर्णयको विरोधमा उत्रिएकी शाक्यलाई हटाएर ओलीले पूर्वमाओवादी नेता बादललाई नयाँ जिम्मेवारी दिएका हुन् ।शुक्रबार बालुवाटारमा बसेको केन्द्रीय समिति बैठकले मंसिर २ गतेदेखि ६ गतेसम्म दसौं महाधिवेशन गर्ने निर्णय समेत गरेको छ ।

यो पनि,,प्रधानमन्त्री ओलीले अरूको सुरक्षा घ’टाए, आफ्नो बढाए,, हेर्नुस कति बढाए।

“काठमाडौँ । मन्त्रिपरिषद्ले वि’शिष्ट व्यक्ति सुरक्षा व्यव स्थापन कार्यविधि–०७० लाई खारेज गरेर नयाँ कार्यविधि लागू गरेको छ । विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि–०७७ ले यसअघि पूर्व प्रधानमन्त्री सहितका विशिष्ट व्यक्तिको सुरक्षा कटौती गरेको छ । तर प्रधान मन्त्री र राष्ट्रपतिको सुरक्षा चाहिँ अस्वाभाविक तरिकाले बढाइएको छ ।

“२०७७ मङ्सिर ७ मा मन्त्रिपरिषद्ले स्वीकृत गरेको कार्य विधिअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षामा सैनिक मात्रै २ सय जना खटिन्छन् ।    प्रधानमन्त्रीलाई नेपाली सेनाका अधिकारीले तीनवटा घेरा बनाएर सुरक्षा दिन्छन् । चौथो घेरामा नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनु -सन्धान विभागका सुरक्षाकर्मी खटिएका छन् ।

“नजिकको घेरामा पीएसओ (आर्मीका प्रमुख सेनानी) र अति वि’शिष्ट व्यक्तिको सुरक्षा निर्देशनालयको सुरक्षा टोली खटिन्छन् । भित्री र मध्य घेरामा पनि सैनिक खटिन्छन् । बाहिरी घेरामा नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनु”सन्धान विभागका सुर’क्षाकर्मी खटिन्छन् ।

“प्रधानमन्त्रीको सुरक्षामा नेपाल प्रहरीका डीएसपी र दुई जना इन्सपेक्टरसहित ६२ जना प्रहरी खटाउने व्यवस्था कार्यविधिमा छ । तर प्रधानमन्त्रीले सो कार्यविधिसमेत मिचेर १ सयभन्दा बढी प्रहरी कर्मचारीलाई आफ्नो सुरक्षामा प्रयोग गरेका छन् ।

“अति विशिष्ट स्तरको सुरक्षा लिएका प्रधान    मन्त्रीको सुरक्षाको बाहिरी घेरामा सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी खटिएका छन् । सशस्त्र प्रहरी बलका प्रवक्ता (डीआईजी) राजु अर्यालका अनुसार इन्स्पेक्टरको कमान्डमा सशस्त्रका ३५ देखि ४० जनाको टोली खटिन्छन् । राष्ट्रिय अनुसन्धान विभागका ५ जनाको टिम उनको सुरक्षामा परिचालन गरिएको छ ।

“कार्यविधिले तेकेअनुसार नै प्रधानन्त्रीको सुरक्षामा ३ सयभन्दा बढी सुरक्षाकर्मी खटिएका हुन्छन् । तर फागुन १७ मा पोखरामा आयोजित कार्यक्रममा प्रधानन्त्रीले आफूमाथि ‘शारीरिक हमला हुन’सक्ने’ सङ्केत गरेका थिए । पोखरामा उनले भने–‘शारीरिक ह’मला नै भयो र ज्या`न त’लमाथि भयो भने पनि अनौठो नमान्नुहोला ।’

“प्रधानमन्त्रीले ‘हमला हुनसक्ने’ भा’षण गरेपछि आफू आश्चर्यमा परेका एकजना उच्च सुरक्षा अधिकारीले रातोपाटीलाई बताए । उनले भने–‘प्रधानमन्त्रीमाथि भौतिक आ’क्रमण हुनसक्ने सुरक्षा चुनौती अहिले  देखिँदैन ।’

कार्केडमा ७ वटा सवारी

“प्रधानमन्त्री अनौपचारिक रूपमा हिँड्दा सुरक्षा अधिकारीका ७ वटा सवारी साधनले सुरक्षा दिन्छन् ।

“संशोधित कार्यविधिअनुसार प्रधानमन्त्री हिँड्दा सबैभन्दा अगाडि प्रहरीको वार्निङ मोटरसाइकल हुन्छ । प्रहरीको अगुवा जिप र विशिष्ट व्यक्तिको सुरक्षा निर्देशनालयको टिम सवार जिपभन्दा पछि प्रधानमन्त्री चढ्ने गाडी हुन्छ ।

“भीभीआईपीभन्दा पछाडि नेपाली सेनाको पछुवा गाडी र जगेडा सवारी हुन्छ । सशस्त्र प्रहरीको पछुवा गाडी हुन्छ । सबैभन्दा पछाडि नेपाल प्रहरीको मोटरसाइकल हुन्छ ।

“प्रधानमन्त्रीको औपचारिक भ्र’मणमा सुरक्षाका लागि नेपाल प्रहरीको मोटरसाइकलसहित ११ वटा सवारी साध न परिचालन गरिन्छ । संशोधित कार्यविधिअनुसार भीभी आईपी सवार कारलाई मोटरसाइकलमा ४ जना आउट राइडर्सले कभर गर्छन् । भीभीआईपीको कारभन्दा अघि वार्निङ मोटरसाइकल, प्रहरीको अगुवा जिप र नेपली सेनाको अगुवा कार प्रयोग गरिन्छ ।

“भीभीआईपीको कार पछाडि नेपाली सेनाको पछुवा कार, जगेडा कार, नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक सवार कार, सशस्त्रका उपरीक्षक (एसपी) सवार कार,   एम्बुलेन्स र प्रहरीको पछुवा मोटरसाइकल परिचालन हुन्छ ।

पूर्व पदाधिकारीको क’टौती

“मन्त्रिपरिषद्को निर्णयले प्रधानमन्त्रीको सुरक्षा बढाएर पूर्वप्रधानमन्त्रीदेखि राजासम्मले पाउँदै आएको सुरक्षामा कटौती गरेको छ ।

“विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि–०७७ अनुसार पूर्व–प्रधानमन्त्रीले विशिष्ट स्तरको सुरक्षा पाउँछन् । उनीहरुका लागि सरकारले १५ जना सशस्त्र प्रहरी र २ जना नेपाल प्रहरीका सुरक्षा अधिकारी आजीवन पाउने गरी कार्यविधि सं’शोधन गरेको छ ।

“पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा खटिएका सुरक्षा कर्मीको सङ्ख्या पनि कटौती गरिएको छ । ज्ञानेन्द्रले विशिष्ट स्तरको सुरक्षा पाउँछन् । उनलाई पूर्वप्रधानमन्त्री सरह १५ जना सशस्त्र प्रहरीसहित पछुवा गाडी र २ जना नेपाल प्रहरीको पीएसओ दिइएको छ । सो सुविधा उनले आजीवन पाउँछन् ।

“अवकाश भएपछि प्रहरी महानिरीक्षकले ४ वर्षसम्म चार जना प्रहरी कर्मचारी पाउँछन् । त्यसपछि, उनीहरुले आजी वन २ जना सुरक्षाकर्मी पाउँछन् ।

राष्ट्रपतिलाई ३ सय ४ जना सुरक्षाकर्मी

“राष्ट्रपति विद्यादेवी भण्डारीको सुरक्षामा नेपाली सेनाका २ सय ७५ सुरक्षाकर्मी खटिन्छन् । सशस्त्र प्रहरी बलका १० जना र नेपाल प्रहरीबाट १४ जना सुरक्षाकर्मी खटाउने गरी मन्त्रिपरिषद्ले कार्यविधि संशोधन गरेको छ ।

“राष्ट्रपति सहभागी हुने कार्यक्रम स्थल र समारोह स्थलको सूचना सङ्कलन र विश्लेषणका लागि राष्ट्रिय अनुसन्धान विभागका ५ जना सुरक्षा अधिकारी खटिएका छन् ।

“राष्ट्रपति र प्रधानमन्त्रीसहित ६ जना भीभीआईपीलाई अति विशिष्ट स्तरको सुरक्षा दिइएको छ । ‘क’ श्रेणीको त्यस्तो सुरक्षा पाउनेमा उप–राष्ट्रपति, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्ष छन् ।

‘”क’ श्रेणीको सुरक्षा पाउने भीभीआईपीको नजिकको घेरा, भित्री घेरा र मध्य घेरामा नेपाली सेनाको टिमले सुरक्षा दिन्छन् । बाहिरी घेरामा अन्य सुरक्षा निकायका अधिकारी रहन्छन् ।

“उपराष्ट्रपति नन्दबहादुर पुनको सुरक्षामा ७५ जना सैनिक खटाइएको छ । उनको सुरक्षामा सशस्त्र प्रहरी ५ जना, नेपाल प्रहरी ५ जना र राष्ट्रिय अनुसन्धान विभागका ५ जना सुरक्षा अधिकारी खटिन्छन् । उपराष्ट्रपतिको कार्केड को अगुवा पछुवा गाडी नेपाली सेनाको हुन्छ ।

“प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको सुरक्षामा नेपाली सेनाका १५ जना सुरक्षा अधिकारी खटिन्छन् । नेपाल प्रहरी २ जना सुरक्षा अधिकारी खटिन्छन् । प्रधान न्यायाधीशको सुरक्षामा सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षा अधिकारीलाई समावेश गरिएको छैन ।

“प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाको सुरक्षामा पछुवा गाडीसहित १५ जना सैनिक खटिएका छन् । नेपाल प्रहरीका दुई जना सुरक्षाकर्मी खटिएका छन् । सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी उनको सुरक्षामा खटाइएको छैन ।

“राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको सुरक्षामा पछुवा गाडीसहित १५ जना सैनिक परिचालन गरिएको छ । नेपाल प्रहरीका दुई जना पीएसओ खटिएका छन् । उनको सुरक्षामा सशस्त्र प्रहरी परिचालन गरिएको छैन ।

गृहमन्त्रीको सुरक्षामा सेना !

“नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको कमान्ड गरिरहे     का गृहमन्त्री रामबहादुर थापा ‘बादल’को सुरक्षामा पनि सैनिक खटाइएको छ । मन्त्रीको हैसियतमा पाउने पीएस ओसहित उनको सुरक्षामा १२ जना सैनिक खटाउने गरी सुरक्षा व्यवस्थापन कार्यविधि संशोधन गरिएको छ ।

‘”बादल’को सुरक्षामा जुनियर अधिकृतको कमान्डमा पछुवा गाडीसहित ६ जना सशस्त्र प्रहरी र १० जना नेपाल प्रहरीका सुरक्षाकर्मी खटिएका छन् ।

“संशोधित कार्यविधिअनुसार उपप्रधानमन्त्री ईश्वर पोखरेल, प्रदेश प्रमुख, रक्षामन्त्री र गृहमन्त्रीसहित २० जनाले विशिष्ट स्तरको सुरक्षा पाउँछन् ।

“विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापनको अनुगमन र थ्रेट एनालाइसिस गर्न गृह सचिवको नेतृत्वमा केन्द्रीय निर्देशक समिति गठन गरिएको छ । पूर्वपदाधिकारीको सुरक्षा थप घट गर्नुपरेमा सो समितिको सिफारिसमा केन्द्रीय सुरक्षा समितिले स्वीकृत गरेपछि थपघट गर्नेगरी मन्त्रिपरिषद्ले विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि–०७७ कार्यान्वयनमा ल्याएको छ । ratopati..