एमाले र जसपा बिच बालुवाटारमा भयो यस्तो सहमति, को बन्ला नयाँ प्रधानमन्त्री?

काठमाडौं

फागुन २७

सत्तारुढ नेकपा एमाले र नयाँ सत्ता समीकरणमा निर्णायक मानिएको जनता समाजवादी पार्टी (जसपा) बीच बालुवाटारमा शीर्ष तहको छलफल भएको छ ।

एमालेबाट प्रधानमन्त्री केपी शर्मा ओली र जसपाबाट पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, अध्यक्षद्वय महन्थ ठाकुर र

उपेन्द्र यादव, वरिष्ठ नेता राजेन्द्र महतो र अशोक राई सम्मिलित वार्ता सकारात्मक भएको प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिए ।

सामाजिक सञ्जाल ट्विटरमा भट्टराईले लेखेका छन्, ‘आजको २ दलको शीर्ष नेतृत्वका बीचको संवाद सकारात्मक रह्यो । छलफललाई निरन्तरता दिने सहमति भएको छ ।

’यसअघि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई सहमतिमा ल्याउन समेत भट्टराई सक्रिय रहेका थिए ।

आजको वार्ताबारे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ट्विटरमा लेखेका छन्, ‘नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताहरुको प्रधानमन्त्री केपी शर्मा

ओलीसँगको उच्चस्तरीय भेटघाट बालुवाटारमा सकिएको छ । भेटघाट सकारात्मक रहेको छ । भोलि पनि कार्यदलस्तरमा अनौपचारिक छलफल हुनेछ ।’

नेकपा एमाले र माओवादी केन्द्र विभाजित भएपछि नयाँ सत्ता समीकरणको अभ्यास भइरहेको छ ।

दुबै पार्टीबीच ओलीलाई नै प्रधानमन्त्रीमा निरन्तरता दिने वा जसपालाई प्रधानमन्त्री दिनेबारे समेत छलफल भएको हुनसक्ने स्रोतले जनाएको छ ।

जसपा नेताहरूले भने कै’दीब’न्दीको रि’हाइ, मु’द्दा फिर्ता र संविधान संशोधन बटमलाइन रहेको बताउदै आएका छन ।

प्रधानमन्त्रीले पनि आफु सकारात्मक रहेको बताएको श्रोतको दा’बि छ ।

प्रतिक्रिया

job vacancy

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal