समाचार

पुर्व राजा ज्ञानेन्द्रको रात्रिभोजमा किन छुटाईदैनन् उनीहरु, के बन्दैछ नया योजना?

काठमाडौं

पूर्वराजा ज्ञानेन्द्र बीरविक्रम शाह यतिवेला निकै उत्साहित छन् । २०६५ असार २९ देखि नागार्जुन दरबार बस्न थालेका उनी २०७२ वैशाखको भूकम्पपछि त्यहाँ जाँदैनन् र यतिबेला निर्मल निवासमै बस्छन् ।

संघीय लोतान्त्रिक गणतन्त्र नेपालको संविधान लागूसँगै संघीय संरचना बमोजिमका तीन तहका सरकार गठनसँगै क्रियाशिल भए तर अलोकप्रीय हुन थाल्दा राजतन्त्रबादीहरु जुर्मुराउन थाले ।

जसले गर्दा स्वयम् पूर्वराजा झन उत्साही छन् ।पूर्वराजा ज्ञानेन्द्रमा उत्साह थप्ने कारण सरकारको अलोकप्रीयता मात्र नभएर राजाबादीहरुको एकता र क्रियाशिलतासँगै राजनीतिक दल र पत्रकारको भित्री सहयोग एवम् साथ पनि कारण बन्न थालेको छ । त्यसैले सत्ताको अलोकप्रीयताको लाभ आफूमा पार्न संचारको सहायता उनले लिने रणनीति थालेका छन् ।

गुड फ्राईडे’ भन्दै शुक्रबार साँझ दरबार र निवासमा रात्रिभोजको आयोजना हुनु र जमघट हुनु शाही खानदानी संस्कार नै मानिन्छ । नारायणहिटीबाट हटेसँगै शुक्रबारको रात्रिभोज गर्न छाडेर विदेश भ्रमण र धार्मिक पीठ चहार्ने ज्ञानेन्द्रले फेरि ‘गुड फ्राइडे’लाई निरन्तरता दिन थालेका छन् ।
यसरी शुक्रबार आयोजना गरिने रात्रिभोजमामा उनका सहयोगी÷सल्लाहकार सागर तिम्सिना र फणिन्द्र पाठकबाहेक व्यवसायीक साझेदार सिप्रदी ट्रेडिङका कार्यकारी अध्यक्ष सिद्धार्थ शम्शेर राणा, विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्र, पत्रकार युवराज घिमिरे र देवप्रकाश त्रिपाठी छुट्ने गर्दैनन् ।

सिप्रदीका कार्यकारी अध्यक्ष सिद्धार्थ पूर्वराजा ज्ञानेन्द्रका हितैषी, मित्र र व्यवासयीयक साझेदार प्रभाकर शम्शेरका छोरा हुन् । प्रभाकर शम्शेरको निधनपछि सिद्धार्थले व्यवसायको नेतृत्व सम्हाल्दै आएका छन् ।

सिद्धार्थ नेपालमा व्यक्तिगत तवरमा सबैभन्दा बढी आम्दानी कर बुझाउने व्यक्ति हुन् ।पूर्वराजा ज्ञानेन्द्रको लगानी भएको सोल्टी होटल, सूर्य नेपाल प्रालि, सिप्रदीसहित अधिकांस कम्पनीमा सिद्धार्थलाई नै शेयर होल्डर देखाइने गरिन्छ ।

ज्ञानेन्द्रको आर्थिक क्रियाकलाप र खर्चको चाँजो पाँजो उनै सिद्धार्थले मिलाउने गरेका छन् । त्यसैले ज्ञानेन्द्रले आयोजना गर्ने भेटघाट र भोजको प्रवन्ध पनि उनैले गर्छन् ।

तीन राजनीतिक दलमा विभाजित राष्ट्रिय प्रजातन्त्र पार्टीलाई ‘हिन्दुराष्ट्र’ र ‘संवैधानिक राजतन्त्र’ को पक्षमा दबाब सृजना गर्ने अभियानस्वरुप राप्रपालाई एकीकृत गर्न सकेपछि पूर्वराजा ज्ञानेन्द्र केही खुसी थिए ।

तर, पूर्वपञ्च र राजाबादी भनेर चिनिएकाहरुको अभियानले जनमत बढ्ने नदेखेपछि अन्य शक्तिसँग उनले सम्वन्ध बढाएका हुन् ।ज्ञानेन्द्रको रात्रिभोजमा कट्टर हिन्दुबादी नेता कमल थापा र डा. प्रकाशचन्द्र लोहनी प्राय बोलाईंदैनन् । बरु शुक्रबारको डिनरमा संचारकर्मीहरुकै सहभागिता हुने गर्छ ।

झण्डै दुई दशकसम्म बीबीसी नेपाली सेवामा संचारकर्मीको रुपमा भूमिका निभाएका रविन्द्र मिश्र डिनरमा प्राय छुट्दैनन् । रविन्द्र मिश्र पूर्वसंचारकर्मी मात्र होइनन्, उनी हाल चर्चामा आएको विवेकशील साझा पार्टीका अध्यक्ष समेत हुन् ।राप्रपालाई छाडेर विवेकशील साझाका अध्यक्षलाई ज्ञानेन्द्रले किन भोजमा बोलाए होला ?

भनेर धेरैलाई कौतहल लाग्न सक्छ । तर, मिश्रको भित्री सम्वन्ध दरबारसँगै छ । बौद्ध आरुबारीका स्थायी बासिन्दा मिश्रका पीता मनुजबाबु मिश्र प्रसिद्ध कलाकार हुन, जो कट्टर राजाबादी हुन् ।२०४६ मा प्रजातन्त्र पुनःवहाली गरेकोमा असन्तुष्ट बनेका मिश्र बर्र्षौ वर्षसम्म घर बाहिर पनि निस्किएनन् र राजभक्ति मात्र देखाएनन प्रजातन्त्रइत्तरको कित्तामा आफूलाई उभ्याए ।

साझा पार्टी गठन गरेका मिश्रले गणतन्त्र र धर्मनिरपेक्षताप्रति पार्टीको दृष्टिकोण कस्तो रहन्छ भन्ने विषयमा ‘आफूहरुले राजतन्त्र अन्त्य नगरेकोले पुनःवहालीको पक्षमा पनि नलाग्ने’ बताउँदै आएका छन् ।

रात्रिभोजमा नियमित सहभागी हुने अर्का पाहुना हुन्, भारतमा बसेर लामो समयसम्म पत्रकारिता गरेपछि कान्तिपुर दैनिकको सम्पादक समेत भएका हाल देशसञ्चार डटकम चलाउँदै आएका युवराज घिमिरे ।

भारतीय जनता पार्टीका नेतासँग र कतिपय भारतीयसँग नजिकको सम्वन्ध बनाएका घिमिरेबाट ज्ञानेन्द्रले भारतीय पक्षको योजना र मनोविज्ञानको विषयमा जानकारी राख्ने गर्छन ।

घिमिरे २०६२ सालको बिस्तृत शान्ति सम्झौता, संविधानसभा र गणतन्त्र घोषणाको कट्टर विरोधी हुन् । घिमिरेका हरेक विचार वा राजनीतिक समाचार तथा टिप्पणीमा धर्मनिरपेक्षता, संघीयता र गणतन्त्रको बिरुद्धमा हुने गर्छन् ।

प्रजातन्त्रबादी भएको नाताले कांग्रेस र त्यसका शेरबहादुर देउवासँग निकट सम्वन्ध बनाएका घिमिरे राजतन्त्रको पक्षमा कलम चलाउँदै आएका छन् ।कान्तिपुर दैनिकका तत्कालिन प्रधानसम्पादक घिमिरेसँगै प्रकाशक कैलास सिरोहियालाई प्रतिवन्धित माओवादी नेता डा. बाबुराम भट्टराईको लेख र अन्तर्वार्ता प्रकाशित गरेबापत गिरफ्तार गरी अदालतमा मुद्धा दायर गरिएको थियो ।

हिरासतमा रहैकै बेला ज्ञानेन्द्रका प्रतिनिधिमार्फत घिमिरेसमक्ष सम्वन्धको प्रस्ताव गरिएको जानकारहरु बताउँछन् । तथापी त्यो बेला सरकार नेपाली कांग्रेसको थियो ।ज्ञानेन्द्रको भोजमा नियमित आएर धेरै सूचना वा जानकारी दिने अर्का संचारकर्मी हुन्, देवप्रकाश त्रिपाठी ।

बामपन्थी बिचारधारा बोकेका त्रिपाठीलाई तत्कालिन नेकपा (चौथो महाधिवेशन) बाट नेपाली कांग्रेसमा गिरिजाप्रसाद कोइरालाले भित्र्याएका हुन् ।कांग्रेसका तत्कालिन सभापति तथा सन्त नेता कृष्णप्रसाद भट्टराईलाई दुत्कार्न र नकारात्मक संचार प्रवाह गर्नकै लागि उनी २०५१ सालमा घटना र बिचार रेडियो कार्यक्रममा ल्याइएको थियो । गिरिजाप्रसादको अन्धभक्त भएर कांग्रेसमा प्रवेश गरेका त्रिपाठी यतिवेला गिरिजाप्रसाद, शेखर, सुजाता कोइराला र कृष्ण सिटौलाका कट्टर बिरोधी हुन् ।

कोइराला विरोधी क्याम्पको पक्षमा जस्तासुकै सूचना र समाचार प्रवाह गर्न शब्दबाण प्रयोग गर्न पछि नपर्ने त्रिपाठी कांग्रेसका महाधिवेशन प्रतिनिधि पनि हुन् ।

हिन्दु राष्ट्र महाअभियानमा लागेका युवराज घिमिरेसँग त्रिपाठीको मत एकै छ । दुवै हिन्दु राष्ट्र र राजतन्त्रको पक्षमा वकालत गर्छन ।घिमिरे आमसंचारको माध्यमबाट बर्तमान राजनीतिक परिवर्तनको विपक्षमा प्रस्तुत हुन्छन भने त्रिपाठी घटना र बिचार साप्ताहिक र अनलाईन तथा फेसबुक स्टाटसमार्फत राजसंस्थाको पक्षमा र गणतन्त्रको विपक्षमा प्रस्तुत हुन्छन् ।

त्रिपाठीको सम्वन्ध अहिले पनि भित्रीरुमा रामचन्द्र पौडेल र डा. रामशरण महतसँग छ । उनी पूर्वमाओवादी र प्रचण्डका कट्टर बिरोधी हुन् भने बर्तमान केपी शर्मा ओलीका भक्त हुन् ।

उनी ओलीलाई राष्ट्रबादी नेताको उपमा दिएर प्रशंसा गर्छन् ।‘महानिशा’ नामक उपन्यास प्रकाशित गरेर २०५८ साल जेठ १९ गते साँझ भएको ‘दरबार हत्याकाण्ड’ का दोषी पूर्वयूवराज दीपेन्द्र नै हुन भनेर सन्देश प्रवाह गरेपछि त्रिपाठीको सम्वन्ध पूर्वराजा ज्ञानेन्द्रसँग घनिष्ट भएको थियो ।

रात्रिभोजमा यस्तो सुझाव

पूर्वराजा ज्ञानेन्द्र हरेक शुक्रबार रात्रिभोज कि आयोजना गर्छन या त सहभागी हुने गर्छन । यस्तै रात्रिभोज ज्ञानेन्द्रले पुस १० गते शुक्रबार निर्मल निवासमा आयोजना गरे । सो रात्रिभोजमा सिद्धार्थ राणासहित उनै घिमिरे र त्रिपाठी पनि सहभागी भए । स्रोतका अनुसार घिमिरे र त्रिपाठीले ज्ञानेन्द्रसँग करिव दुई घण्टा जति छलफल गरी सुझाव दिए ।

घिमिरेले ‘हिन्दु धर्मको एजेण्डालाई देशब्यापी बनाउँदै भारतीय संस्थापन पक्षसँग नजिकको सम्वन्ध बिस्तार गर्न भारतीय जनता पार्टी र उसको मातृ संस्था राष्ट्रिय स्वयम् सेवक संघ (आरएसएस) सँग सहयोगको सम्वन्ध बढाउन सुझाएका थिए ।

त्रिपाठीले भने प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेसँगै दुई तिहाई नजिकको सत्तारुढ नेकपा कमजोर बनाएकाले ओलीलाई राष्ट्रबादी छबि भएको देखाउन सकेमा उनको सत्तामा मनोपोली बढ्ने र झन जनबिरोधी क्रियाकलापमा लाग्ने बताएका थिए ।

त्रिपाठीले ओलीलाई शक्तिशाली भएको भान दिलाएर उनले प्रतिनिधिसभाको निर्वाचन नगराएमा संघीय गणतन्त्रमाथि जनताको वितृष्णा बढ्ने, अराजकता बढ्ने र राजसंस्थाप्रतिको आस्था बृद्धि र जनमत सृजना गर्न संचारकर्मी र संचारमाध्यमलाई अधिकतम उपयोग गर्न सकिने सुझाव दिएका थिए ।

अनलाईन मिडिया र जनमत बनाउन सक्ने संचारकर्मीसँग समन्वय र सहयोग गर्न राजा ज्ञानेन्द्रले भोजमा सहभागी सिद्धार्थ राणालाई अह्राएका थिए ।

सिद्धार्थ र त्रिपाठीको भेट त्यसपछी सोल्टीमा भएको स्रोतले जनायो ।राजसंस्थाको पक्षमा जनमत बनाउन खर्च चाहिने भन्दै सिद्धार्थले करिव एक करोड रुपैयाँको चेक पटक पटक गरेर काटीसकेको स्रोतको दाबी छ । तर त्यति धेरै रकम कुन कुन संचार माध्यम र संचारकर्मीलाई उपलब्ध गराइएको हो भन्ने पुष्टि हुन वाँकी छ ।

मिश्र, घिमिरे र त्रिपाठीसँगको पुस १० गतेको भेटबाट उत्साहित ज्ञानेन्द्र पुस १२ गते झापाको दमकस्थित हिमालय गुडरिक गएका थिए ।

चियावगान भित्रको दरबारमा सदा झैं जाडो छल्न ज्ञानेन्द्र जाने गर्छन ।परिवारका सदस्य नलिइ सहयोगीका साथ दमक गएका ज्ञानेन्द्र १६ गते विहीबार साँझ काकरभिट्टास्थित होटल मेची क्राउनमा गएर अंग्रजी नयाँ वर्ष २०२१ को अवसरमा रात्रिभोजमा सहभागी भएका थिए । बागडोग्रा हुँदै नयाँ दिल्ली जाने योजनामा रहेका ज्ञानेन्द्र हाल दमकमै छन् ।

Related Articles

Back to top button