बादल र भट्टलाइ ओलीले दिए यति ठुलो ‘सरप्राइज’

काठमाडौं ।

फागुन

नेकपा एमालेले उपाध्यक्षमा रामबहादुर थापा ‘बादल’लाई मनोनित गर्ने तयारी गरेको छ । यसबारे पार्टीमा अनौपचारिक छलफल भएको छिट्टै पार्टीको बैठक बसेर निर्णय गरिने एमाले नेता विशाल भट्टराईले जानकारी दिए ।

उनका अनुसार महासचिव एक दुई दिनभित्र बैठक राखेर निर्णय गर्ने तयारी भएको छ ।

पार्टीको विवाद उत्कर्षमा पुगेका बेला आफ्नो पक्षमा लागेका पूर्वमाओवादी केन्द्रका नेताहरूलाई नेकपा (एमाले) मा सम्मानजनक स्थान दिने तयारी थालिएको हो ।

सो अनुसार गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा ‘बादल’ लाई एमालेको उपाध्यक्ष बनाउने तयारी भइरहेको स्रोतको भनाइ छ।

तत्कालीन नेकपा एमालेमा पाँच जना उपाध्यक्ष थिए। एमालेका उपाध्यक्षहरू भीम रावल, अष्टलक्ष्मी शाक्य, विद्या भण्डारी, वामदेव गौतम र युवराज ज्ञवालीमध्ये अहिले भण्डारी राष्ट्रपति छन्।

नेकपा (एमाले)का उपमहासचिव बिष्णु पौडेलले संकटका बेला ओलीलाई साथ दिने माओवादी केन्द्रका अन्य नेताहरूलाई पनि उचित स्थान दिने बताए।

‘उहाँहरूले आफ्नो सांसद पद नै धरापमा राखेर संकट परेका बेला नेपाली कम्युनिष्ट आन्दोलनलाई अघि बढाउन योगदान

दिनुभयो। सांसद पदसमेत त्याग गर्न तयार राष्ट्रिय सभा, प्रतिनिधि सभा, प्रदेश सभाका उहाँहरूलाई हामी उचित र सम्मानजनक स्थान दिन्छौं,’ पौडेलले भने।

उनले ओलीतिर लागेकाहरूलाई के पद दिने अहिले टुंगो नभएको र त्यो उनीहरूका लागि ‘सरप्राइज’ हुने बताए।

यस्तै एमालेले लेखराज भट्टलाई सुदूरपश्चिम इन्चार्जमा मनोनित गर्ने तयारी गरेको छ ।

थापा र भट्ट दुवै माओवादी केन्द्रबाट निर्वाचित सांसदको हैसियतमा ओली सरकारमा सामेल भएका हुन् ।

सर्वोच्च अदालतले नेकपा खारेज गरेर साविकको एमाले र माओवादी केन्द्र ब्युँताएपनि बादल र भट्ट माओवादीमा फर्किएका छैनन् ।

सर्वोच्चको फैसला अनुसार तत्कालीन नेकपाको प्रचण्ड समूहमा रहेका माधव नेपाललगायतका पूर्वएमाले आफ्नै घर फर्किए पनि

बादल, भट्टलगायतका पूर्व माओवादी नेताहरु भने अझै एमालेमै रहेका हुन् । उनीहरु फर्किने नफर्किने अस्पष्ट रहेकै बेला एमालेमा जिम्मेवारी दिने तयारी भएको हो ।

प्रतिक्रिया

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal