बिहिबार , कार्तिक ४, २०७८

ज्ञानेन्द्र शाहिलाई विप्लवको साथ , कसैले जेल हाल्छ भने म लडछु – विप्लव

फागुण २७, २०७७ बिहिबार 42

ज्ञानेन्द्र शाहिलाई विप्लवको साथ , कसैले जेल हाल्छ भने म लडछु – विप्लव

काठमाडौ

फागुन

नेत्र विक्रम चन्द विप्लवले भ्रष्टाचार विरोधि अभियान्ता ज्ञानेन्द्र शाहिलाई साथ दिएका छन । उनले शाहिलाई फोन मार्फत हौसला दिएको स्रोतले बताएको छ । थप जानकारी आउन बाकी

२२ फागुन काठमाडौ ।

खोटाङ–काठमाडौं सम्पर्क मञ्चका प्रिय कमरेडहरु, अभिवादन ।यतिबेला पार्टी, आन्दो,लन र संबिधानलाई जोगाउन हामी सबै एक भएर संघर्ष गरिरहेका छौं । यो अवस्था कसरी आई पुग्यो भन्नेबारे जान्न यसअघिका केहि घ,ट्नाक्रमहरुबारे बुझ्न जरुरी हुन्छ ।

हामीले देश बनाउने, समाजवाद ल्याउने उदेश्यसहित पार्टी एकता गरेका थियौं । तर केपी ओली कारण पार्टी संगठनको काम रोकियो, एकता टुङग्याउन ओली खेमा तयार थिएन् । सधै बिधि प्रक्रिया रोकिरहेको थियो । संगठन व्यवस्थित गरेपछि कार्यकर्ता सक्रिय हुन्थे, तर ओली समुहले वेवास्था गरिरह्यो । ओलीले पार्टी र कम्युनिष्ट आन्दोलनलाई बिर्सजनमा लैजान खोजेको आंशका छ । ओली कम्युनिष्ट थिएनन् र रहेनन् पनि ।

केहि हप्ताभित्र नेकपा र सुर्य चिन्ह हामीले पाउँछौं, ओली सडकमा पछारिन्छन र उनको कन्तबिजोग हुन्छ ।हामीले उहिल्यै पार्टी आधिकारीकता पाईसक्नु पर्ने थियो । ओलीले तिकडम गरेर रोकिराखेका हुन् । ओली गुटका केन्द्रिय सदस्यहरुलाई अहिले केन्द्रिय सदस्य हुँ भन्न पनि लाज लागिरहेको छ ।

घर छाडेर बरालिएकाहरुलाई घर फर्कन आग्रह गर्छु । ओलीको भजन भण्डलीका सदस्यहरु पनि अब ओलीको भ्रमजाल र लोभलालच छाडेर मुल घरमा फर्कनुस् । व्यक्तिका लागि जीवन बलिदान नगर्नुस, सिद्धान्त र न्यायका लागि बलिदानी दिनुस् । आदर्श र उदेश्य प्राप्तिका लागि लाग्नुस् ।

नेपाली समाजको आमुल परिवर्तनका लागि मुल नेकपामा आवद्ध हुनुस् । अब घर फर्कनका लागि बाटो खुलि सकेको छ । समस्या हामीमा होइन ओलीमा छ । तुरुन्तै राजीनामा दिएर पार्टीलाई को प्रधानमन्त्री बन्ने भन्ने जिम्मा दिनुस् भनेका छौं । ठोस प्रस्ताव ल्याउनुस भनेका छौं । केपी ओलीले एक पछि अर्काे लडाई हारिरहेका छन् तर दम्भ भने बढिरहेकै छ ।

अध्यक्ष बनेपछि सहमति छाडे, प्रचण्डलाई पनि मिलाएछन् । बराबरको अध्यक्षको साटो पहिलो अध्यक्ष, आधा आधा कार्यकाल बाढ्ने सहमति छाडेर पुरै कार्यकाल लिन सफल भए ओली ।

माधव नेपालले उधारो मान्दिन, नगद चाहियो भनिरहेका छन् भनेर ओली आफैं भाषण गरिरहेका छन् ।

यो कुरा सत्य हो, म उधारोमा मान्ने वाला छैन् किन की ओली झुटको खेति गरिरहेका छन् । उनको समुहका केहि नेता एकता भनिरहेका छन तर त्यसमा ए कता भन्ने प्रवृत्ति देखिन्छ ।

हामी धारिलो हतियार लिएर पार्टी र संगठन बनाउन लागिपरेका छौं । आज पनि हाम्रो उदेश्य अरु होइन, पार्टी र आन्दोलन जोगाउने नै हो । गलत प्रवृत्तिबाट पार्टीलाई जोगाएर सहि बाटोमा लैजाने नै हो ।

गतिशल पार्टीका अगाडी कोहि टिक्न सक्दैन्, नेपालको कम्युनिष्ट आन्दोलन यति शसक्त हुनुको कारण यसका कार्यकर्ताहरुको सक्रियता नै हो ।

नेताले कार्यकता र कार्यकर्ताले नेताहरुलाई खबरदारी गरौं, गलत बाटोमा जानबाट रोकौं ।

हामीले युवा विद्यार्थीलाई अध्ययन गर्न प्रेरित गर्ने हो । उद्यमी र स्वरोजगार बन्न प्रेरित गर्ने हो ।

सारमा समाजको परिवर्तन गर्ने हो । केहि दिन अघि मात्रै १० करोड गरिब चिनियाँहरु त्यो दुश्चक्रबाट माथि उठे । त्यो सबै पार्टी र सरकारको एकिकृत प्रयासबाट सम्भव भएको थियो ।

हामीले पनि नागरिकलाई गाँस, बाँस र कपाँसको अभावबाट मुक्त गराउनुपर्छ ।

यी तीन कुरा त आधारभूत आवश्यकता हुन् । त्यस बाहेक शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता विषय पनि मौलिक हक हुन् । राज्यले नै यी पाँच कुराको जिम्मेवारी लिनुपर्छ ।

राज्यले नै गाँस, बाँस, कपाँस, शिक्षा, स्वास्थ्य रोजगारी र सुरक्षाको प्रत्याभूति गर्न सक्नुपर्छ ।

हाम्रो संबिधानले यी विषयलाई मौलिक हकमा रुपमा अंगिकार गरेको छ ।

हामीले पार्टीमा असल मानिस भित्र्याउन खोज्यौं तर ओलीले भजन मण्डली बनाउन चाहे । कस्तो पार्टी बनाउने भन्नेबारेमै ओलीसँग कुरा मिलेन् ।