बिहिबार , कार्तिक ४, २०७८

नेपाल-खनाल पक्षीय स्थायी कमिटी सदस्य छलफल जारी, के गर्ला निर्णय ?

फागुण २७, २०७७ बिहिबार 18

नेपाल-खनाल पक्षीय स्थायी कमिटी सदस्य छलफल जारी, के गर्ला निर्णय ?

काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी एमालेका वरिष्ठ नेता झलनाथ खनाल र नेता माधव नेपाल पक्षीय स्थायी कमिटीका नेताहरुबीच छलफल जारी छ ।

नयाँ बानेश्वरस्थित एक होटेलमा मध्याह्न १२ बजेपछि छलफल भइरहेको एक नेताले जानकारी दिए ।

नेपाल-खनाल पक्षले बुधबार स्थायी कमिटी सदस्यहरुको भेला गरेको थियो ।

समसामयिक विषयमा छलफल र आगामी रणनीति तय गर्न नेताहरुले छलफल थालेका हुन् ।

नेपाल-खनाल पक्षमा स्थायी कमिटी सदस्यहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य,

गोकर्ण विष्ट, योगेश भट्टराई, मुकुन्द न्यौपाने, सुरेन्द्र पाण्डे र पदेन सदस्य अमृतकुमार बोहोरा छन् ।

सर्वोच्च अदालतको पछिल्लो फैसलापछि एमाले साविककै अवस्थामा फर्किएको छ ।