शुक्रबार , अषोज ८, २०७८

देउवा र बाबुराम दुई मध्य एक प्रधानमन्त्री बन्ने पक्का, यस्तो छ कारण?

फागुण २७, २०७७ बिहिबार 32

देउवा र बाबुराम दुई मध्य एक प्रधानमन्त्री बन्ने पक्का, यस्तो छ कारण?

काठमाडौँ

फागुन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार एकैपटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा

र जसपाका नेता डा. बाबुराम भट्टराईलाई प्रधानमन्त्रीको प्रस्ताव राखेको खुलेको छ ।

करिव दुई तिहाईको अध्यक्षबाट तेस्रो दलमा खुम्चिनु भएका प्रचण्ड अर्को प्रधानमन्त्री खोज्दै हिड्नु भएको हो ।

उहाले हिजो भेट्नु भएका देउवा र भट्टराईलाई प्रधानमन्त्री बन्न अफर गर्नुभएको हो ।

देउवा निवास बुढानिलकण्ठमा भएको भेटमा उहाले कांग्रेसको नेतृत्वमा आफुहरु सरकारमा जान तयार रहेको बताउनु भएको थियो ।

कांग्रेसका एक नेताका अनुसार प्रचण्डले कांग्रेसले नयाँ सरकार गठनको नेतृत्व लिनुपर्ने प्रस्ताव गर्नुभएको थियो ।