बिहिबार , अषोज ७, २०७८

जब मन्त्री नै श्रम कार्यालयमा सेवाग्रही बनेर पुगे…

फागुण २७, २०७७ बिहिबार 37

जब मन्त्री नै श्रम कार्यालयमा सेवाग्रही बनेर पुगे…

काठमाडौं ।

फागुन

वैदेशिक रोजगार कार्यालय ताहाचल सरकारी बिदाको दिनभन्दा बाहेकका दिनमा भिड हुन्छ । कार्यलयमा बिहान २-३ बजेदेखि नै सेवाग्रहीको लाइन हुन्छ।

लाइनमा बसेर कर्मचारीको झ्यालमा बल्ल पुगेका सेवाग्रहीले अझ भित्रका कर्मचारीको हप्कीदप्की खेप्नुपर्छ ।

सबै काजजात पुग्दा पनि झुलाउने बहाना बनाएर कर्मचारीले दु:ख दिइने गरेको उक्त कार्यलय पुगेका सेवाग्रही बताउँछन् ।

रोजगारीको लागि विभिन्न देश जानेहरु श्रम कार्यलय पुगेर घण्टौं लाइन बसेर मात्रै श्रम स्वीकृति पाइन्छ ।

मंगलबार श्रम कार्यालयको लाइनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरी नै लाइनमा बस्न पुगे।

ट्रयाकसुट, मुखमा मास्क, हरीयो रंगको क्याप लगाएर सेवाग्राहीको भेषमा पुगेका चौधरी सेवाग्राही नभएर श्रम कार्यलयको छड्के हान्न पुगेका हुन् ।

मन्त्री चौधरी श्रम कार्यलयमा केही घण्टा बिताउँदा न त्यहाँमा कर्मचारीले थाहा पाए न त अगाडि-पछाडि भएका सेवाग्राहीले नै थाहा पाए।

मन्त्री चौधरी कोहिले थाहा नपाउने गरी सेवाग्रहीको समस्या बुझ्ने कोसिस गरे।

त्यसपछि मन्त्री चौधरी कार्यालयका कर्मचारीको कोठामा पुगेर कर्मचारीले सेवाग्राहीलाई घरीवल्लो कोठामा घरी पल्लो कोठामा पठाएर दु:ख दिएको बताए ।

सोध्ने मान्छे पनि झ्यालमा हुँदैन मन्त्रीले कर्मचारीलाई रुखो नबोल्न सुझाब दिँदै भने कमसेकम हामी अनलाइन सिस्टममा गएका छौ भनेर सूचना दिने गरौं ।

उनले कार्यलयको गेट गेटमा पनि हार्डिङ बोर्ड लगाएर सूचना दिन सकिने बताए ।

कार्यालयमा सेवाग्रहीलाई सेवा दिन कार्यलय भएकाले सेवा ग्राहीले सुविधा राम्रो पाउनुपर्ने उनको बताए ।

सेवाग्रहीलाई कार्यालयको क्षमता अनुसार काम गरेको कार्यालयका निर्देशक छत्रबहादुर साह बताउँछन् ।

उनी भन्छन्अ हिले हामीले अनलाइनमार्फत काम सुरु गरेका छौं । अनलाइनमार्फत काम सुरु गरे पनि सेवाग्राही भने कार्यालय आउन नछाडेको उनी बताउँछन् ।