Saturday, October 31सुदुर मिडिया द्वारा संचालित
Shadow

सीएसकेविरुद्ध मैदानमा उत्रिन तयार सन्दिप लामिछाने

काठमाडौं, १ कात्तिक : यूएईमा जारी १३ औँ सिजनको आईपीएलमा आज हुने दोस्रो खेलमा चेन्नई सुपर किंग्स (सीएसके) र दिल्ली क्यापिटल्स खेल्दै छन् । यी दुई टिमबीचको खेल साँझ ७ः४५ बजेदेखि शारजाहमा सुरु हुनेछ ।जारी सिजनमा दिल्लीले ८ म्याच खेल्दा ६ म्याचमा जित हासिल गर्दै १२ अंक जोडिसकेको छ । र, दिल्ली आज विजयी भएमा फेरि दोस्रोबाट शीर्ष स्थानमा उक्लिने छ । सीएसकेले भने ८ म्याचमा तीन खेलमा जित हासिल गरेको छ । गत सिजन उपविजेता सीएसकेले तालिकामा ६ अंक जोडेको छ ।सीएसके र दिल्लीबीच भएका पछिल्ला पाँच म्याचमा दिल्ली २ खेलमा विजयी भएको छ । जारी सिजनमा पनि दुबै टिममा गत सिजनकै कप्तान छन् । दिल्लीमा श्रेयस अय्यर र सीएसकेमा महेन्द्रसिंह धोनी कप्तान रहेको छन् ।

सीएसकेविरुद्ध सन्दीपको सम्भावना

लगातार आठ म्याचमा बेन्चमा बसिररहेका नेपाली लेगस्पिनर सन्दीप लामिछानेले आज पनि प्लेइङ-११ मा मौका पाउने सम्भावना न्यून छ । अघिल्लो म्याचमा राजस्थान रोयल्सलाई हराएर लयमा देखिएको दिल्लीले आजको खेलमा पनि प्लेइङ-११ मा परिवर्तन गर्ने सम्भावना कम छ ।

मौका पाएका खेलाडीले राम्रो प्रदर्शन गरिरहेकाले दिल्ली आज पनि अघिल्लो प्लेइङ सेटलाई निरन्तरता दिने मनसायमा छ ।

राजस्थानविरुद्ध विदेशी कोटाबाट मौका पाएका कागिसो रबाडा, एनरिक नोर्खिया, एनरिक नोर्टजे र एलेक्स क्यारीलाई नै आज दिल्लीले प्लेइङ-११ मा समेट्ने पक्का जस्तै छ । आजको खेलमा ऋषभ पन्त उपलब्ध भए क्यारीले मौका नपाउने सम्भावना पनि छ ।पन्त चोटका कारण विश्राम गरिरहेकाले क्यारीले मौका पाएका छन् । दिल्लीसँग क्यारी र पन्तबाहेक अन्य विकेटकीपर छैनन् । जसकारण एलेक्सले पन्त विश्राम गरिरहेको फाइदा लिइरहेका छन् ।यदि आज क्यारीले विश्राम पाएमा उनको स्थानमा बेन्चमा बसिरहेका शिमरोन हेटमायर, सन्दीप लामिछाने, डानियल साम्स र किपो पउलमध्ये एक जनाले मौका पाउन सक्छन् ।-onlycricnepal